साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन खित्का

प्रबन्धकले हाँस्दै भन्नुभयो- मैले हाजिर गर्ने ठाउँमा तपाईंले गरेपछि तपाईं प्रबन्धक बन्नु भएन त ! सरको कुरा सुनेर म त ट्वाँ परेँ ।

Nepal Telecom ad

१. ऊ जस्तो बाठो

एकदिन घरमा पारिवारिक जमघट थियो । फुर्सदमा बच्चाहरूले उफ्रेर दुःख दिन थाले । जेठी फुपूले भन्नुभयो- अहिलेका बच्चाहरू साहै बाठा ! कुरा पनि त्यस्तै, हाम्ले त भ्याउनै नसक्ने भो । यसो भन्दै उहाँ छक्क पर्नुभयो ।

त्यही मौका छोपेर मैले भने- किन नहोस् त ! डाक्टर साहेबले भन्नु भाको, आमा दुई जीउकी हुँदा आमाले जे खान्छिन् पेट भित्रको बच्चाले पनि त्यही खान्छ । त्यस्तो बेलामा आमाले बढी टेलिभिजन हेरिन् भने के हुन्छ ? (त्यहाँ उपस्थित एउटा बाठो बच्चालाई तोकेर भन्दै) ऊ त्यो जस्तै बाठो हुन्छ ।

२. महासचिवको ठट्टा

सिस्नुपानीको देउसी कार्यक्रम २०७४ को क्रममा सचिव सरोज घिमिरेले मोवाईलमा एस.एम.एस. गर्दै लेखे- भरे पाठशाला स्कूलमा निम्तालुहरूको नामावली सहित निम्तो पत्र लिन आउनू !

यो सूचना पाए लगत्तै बेलुका त्यहाँ पुगियो । सिस्नुपानीका सबै पदाधिकारीहरू जमधट भएको ठाँउमा मैले नामावली दिएँ । महासचिव टंकराज आचार्यले हेर्ने वित्तिकै भने- यो माणिक दाइले कतै बितिसकेका मान्छेहरूको नाम त लेखेर ल्याएनन्, अलि राम्री हेर्नुस् है दाइ । यसो भन्दै अध्यक्ष लक्ष्मण गाम्नागेलाई हेर्न दिए । महासचिवको त्यस्तो कुरा सुनेर सबैजना हाँसिरहेको बेलामा अध्यक्षले टाउको हल्लाउँदै भने- छैन छैन ।

३. आजको प्रबन्धक

कार्यालयका साथीभाइसँग कुरा गर्दै बिहानको हाजिरी बजाएँ । आफ्नो कार्य क्षेत्रतिर गएर बसेँ । त्यहीबेला प्रवन्धक, सहायक प्रबन्धक, खजाञ्जी तीनैजना मेरै छेवैमा आएर एकै स्वरमा भन्दै हुनुहुन्थ्यो- आजको प्रवन्धक तपाईं (माणिक) है ! मैले भने- म सहायकलाई कहाँ प्रबन्धक भन्नू भा सर ! गाँठी कुरो के हो ? बुझ्या भए मार्दिनु ! प्रबन्धकले हाँस्दै भन्नुभयो- मैले हाजिर गर्ने ठाउँमा तपाईंले गरेपछि तपाईं प्रबन्धक बन्नु भएन त ! सरको कुरा सुनेर म त ट्वाँ परेँ ।

०००
सरस्वतीनगर, चावहिल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x