साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अविश्रान्त गति

कति बेथितिका पर्खाल भत्के, सपूतले प्राण उत्सर्ग गरे, उज्यालो बिहानीको प्रतीक्षारत सङ्घर्षका पाइला उस्तै हिजोजस्तै अविश्रान्त गति बढाइरहन विवश । आज फेरि पौंठेजोरी खेलाउने अभ्यासमा तल्लीन ।

Nepal Telecom ad

जग बिर्सने अभीष्ट बोकेको मोटो चेतनाको चोइलो, स्वार्थको सातु, लोभको भकारी, गुटको गजबार ठोक्ने मै-मत्त ठिमाहा अनुहारले सजिएको मान्छेको शालीनता अनुपम देखिन्छ । मानवजीवनले हुर्काएको प्राचीन सभ्यताले वैदिक विशेषताले उर्वशी र मेनकाको स्मरण गराउँछ । सुरम्य सभ्यता पालेको मान्छे सामाजिक प्राणीका रुपमा विकसित विलासको फेरमा मस्त छ । सृष्टिको आरम्भदेखि मान्छेको स्वभावले बेग्लै स्थान लिँदै आएको सौन्दर्यको फुर्ती साक्षी छ । बेग्लै परिचय र आस्थाको जगमा मान्छेको विशिष्ट उपस्थितिले उसमा रहर थप्दै आएको छ । वैदिककालीन जीवनमा समताको सूत्र थियो । जीवनशैली यस्तै उस्तै रहेको व्याख्या पढ्न पाइन्छ । उपनिषद्ले वैदिक परम्पराको अलिकति व्याख्या गर्‍यो । लालबुझक्की भन्छन् जगै फेरिने गरी व्याख्या । मनमा विचलन भर्ने गरी व्याख्या । व्याख्याले हो रे मानव मन तनकाउने र विलासका खाल्डा बढाउने । यसै गरी मैदान फराकिन्छ ढोकाहरू खुल्छन् । धमिलोमा माछा छोपेर व्यक्ति मोटाउने जीवनपद्धतिले स्थान लिन्छ । अवैध सिकार गरेर गीता गाउने संस्कार बस्छ । सृष्टिसौन्दर्यका लागि जीवनशैली बताउने सांस्कृतिक गतिविधि थपिने क्रम सुरु हुन्छ । मानव आपसी विश्वासमा कङ्क्रिट मिसाउने होडमा होमिएर रमाउन थाल्छ ।

मान्छे स्वभावैले भौतिक सुखमा रमाउन सुरु गर्छ । स्वानुशासन भत्काएर संवेदना छियाछिया पारेर मतभेद बढाउने सिलसिला विकसित हुन्छ । जातका कुरा गरेर आफन्तबिच खाडल बढाउने निस्सा तयार गरिन्छ व्यवहार दोहोरिन्छ । विवाहको निहुले फरक परिवारसँग सम्बन्ध जोडिन्छ । यतिखेरै मन बुझेर संस्कार दिने-लिने चेतनामा मल पसालेर जीवनमा उबडखाबड मच्चाउने गरी मृगतिष्णाले जरो समाउँछ । व्यक्तिसुखमा रमाएर दिन बिताउन कस्सिएको मान्छेले हलुवाको बालुवासित दोस्ती गर्छ । सिङ तिखारेर अहङ्कारको पर्खालमाथि उभिन्छ र दम्भले भरिएको फुलेल अनुहारमा दुर्घटनाले हिर्काउने गरी जिम्मेवारहीन रेखा कोरिरहेको हुन्छ ।

स्वघोषित सचेत मान्छेले जन्मौटे पर्खिरहेको भोलि नभेटी जीवनलीला सक्छ । आज चेतनाले विशेष बनेको मानव जीवन फोहोरी स्वार्थमा लतपतिएर गतिहीन बन्दै गएको छ । आपसी सहयोग सद्भावी आदर्श फलाक्ने मान्छे सहिष्णु प्राणी हुँ त भन्छ तर कर्म गरेर धर्म धान्दैन । खेल खेल्न त ऊ परोकार रोज्छ र यसैसँग खेल्छ, झुत्तिन्छ तर सन्तान सुखको लालसामा अल्झेर बुद्धि, विवेक, इमान-जवान, नैतिक आदर्श स्वाहा पार्छ । निजी स्वार्थ जागाउँछ । स्नेह र जिम्मेवारी पनि नयाँ पुस्तामा सर्दै जान्छ । हिजो मान्छे एक खालको जीवनशैली बाँचेको थियो । उसले बाँचेको आज सुखका लहरा तान्दातान्दै आफन्तबाट पर, पर पुगेको छ । ऊ धेरै पर पुगिरहेको छ । यो दूरी भौगोलिक भन्दा पनि स्वार्थले जेलिएको भौतिक हो, कर्तव्यविमुख र संवेदनाहीन बनेर तेसर््िाएको छ ।कसले परसम्म पुर्‍याउने होड मच्चिएको छ ।

अचेल मान्छेमा आपैmलाई बहादुर देख्ने दृष्टिभ्रम पलाएको छ । जिङरिङ्ग बढेको मनमस्तिष्कको ऐंजेरुले गर्दा मान्छे अपाङ्ग भएको छ । ऊ आफ्नै छोराछोरी र परिवारका सदस्य तर्साएर मै हुँ भन्ने तुजुकको सिकार बनेको छ । यही तुसले रोगाएपछि मान्छे निमुखालाई जितेर पुरुषार्थ गनगनाइमा व्यस्त बन्दै गएको छ । आज कर्तव्यको आग्लो भाँचेर अधिकारको पर्खालमा अग्लिने दाउपेच पालेको मनहुस मान्छेमा नैतिकताको पनि खडेरी लागेको छ । खडेरीको चाप बढेर दयामाया, करुणा, सद्भाव, स्नेह, सहकार्यजस्ता लहलहाउँदा आत्मीय सम्बन्ध सजाउने पातहरू ओइलाई ओइलाई बत्तिएर उडेका छन् । अमानवीय चरित्रले मलजल पाइरहेको छ । सिङ्गै मान्छेको अभावले मानवता मुर्झाएको छ र सृष्टि सौन्दय ढुस्सिएर मक्काइरहेको दृश्यले चेतनाको खिल्ली उडाइरहेको छ ।

इमानले मानवीय मर्म पहिचान गर्न छाडेको उहिल्यैदेखि । कामले जीवनको अर्थ चिनाउन र मान पाउने सम्भावना धमिलिएको छ । व्यवहारले आत्मीय साइनो जुराउँदैन अचेल । सक्रियाताले गन्तव्य पनि खोज्दैन । निरन्तर यात्राले गन्तव्य भेटाउन सघाउने अभ्यासै गदैन । जीवनपद्धतिले मानवलाई भिन्न भिन्न गतिमा अलमल्याउँछ । व्यक्तिपिच्छे रुचिमा विविधता ल्याइरहन्छ । रहरहरूले बेग्लाबेग्लै डेरा जमाइरहेको पाइन्छ । सत्य हो, कर्तव्यको लिकमा अडिएर हिँड्नेहरू मान्छेका भीडमा परैबाट देखिने गरी शिर उचाल्न सक्तैनन् । यो कर्तव्य लत्याएर अधिकारको पर्खाल चिन्ने प्रवृत्तिले थिचेको बेला मान्छेलाई उत्तम पहिचान दिएर धेरै जना मुस्कुराउन मिल्ने गरी शासन व्यवस्थाले बाटो बनाएकै छैन । ऊ आपैm कुबाटो हिँडेर सुन्दर गन्तव्यको सपना बाँडिरहेको छ ।

सुदीर्घ परम्परादेखि अनन्त सङ्ख्यामा रहेको मान्छेको पहिचान भूगोलले बोक्छ । प्रकृतिले स्वभाव निर्माण गर्छ ।
समाजले संस्कार सिकाउँछ र सांस्कृतिक मूल्य दिएर निजी गौरवको रक्षा गर्छ । मान्छे, मान्छे बिच सहृदयी भाव सम्प्रेषण गरी शान्ति-सुव्यवस्थाभित्र अनन्त विकल्पहरू जन्माइदिन्छ । ऊ आपैmलाई घोरिएर हेर्छ, हेरिरहन्छ । भूगोल, प्रकृति, जनता, संस्कार, संस्कृतिको साझा नाम हो देश हो भन्ने बताउन उसले अक्षरको खेती गर्छ, इतिहासमा रेखा कोर्छ, तिथिमितिको गणना गर्छ । देश माटो हो, माटो जीवन हो, माटोमा शक्ति छ, माटो खेलाउन जाने जीवन मुस्कुराउँछ । यसले जीवनरथ गुडाउने विधि र जाँगर दिन्छ । माटोमै जीवन मूल्य मौलाउँछ, यही परिचय दिने सामथ्र्य देश हो । देशै त मान्छेको पहिचान हो, सान-सौकात हो । यसैमा मान्छेको स्वाभिमान उभिन्छ । माटो सिर्जनाको अनन्त सम्भावनाको चौतारी हो । माटो नै त सृष्टि सिँगार्न सक्छ । लौ, खा कस्तो अचम ! छलछामले किर्नाभैंm ढाडिएको मान्छेलाई यस्तो संवेदनायुक्त सद्भावले अघाउजी भात पुर्‍याउँछ र ? यति सजिलै यो शिष्टता !

प्रकृतिले जीवनको व्याख्या गर्छ । व्याख्यामा डालीहरू निस्केर पात पलाउने वसन्त दोहोरिन्छ । पालुवा फक्रेर हावासँग सुगन्ध बयली खेल्छ । जीवनका पानाहरू पल्टँदै जान्छन् । मान्छे जिज्ञासासँग लहरिएर हिँड्छ । ऊ थरीथरी अनुहार बटुलेर माटोसँगै चुलिन्छ । माटोमा वसन्तले पालुवा उमार्छ भमराहरू भुर्र र हुर्र खेल खेल्छन् । पुतलीहरू शृङ्गारको सुर्केनी पारेर अस्वस्थ होडमा नजर तिखार्छन् । जीवनभर दौडिरहेर भेटाउन खोजेको जीव किरणहरू निर्बाध दौडेको मिरमिरे भेट्ने रहर बाँकी रहन्छ । घरबाट सुरु भएको बाटो समातेर शिखर पुग्ने उच्च मनोबल बोकेको मान्छेको स्वप्नवाटिकाले घुम्टो उघारेको हेरेर विश्राम लिने अठोट पालिरहेको मान्छे बादल मडारिएको देखेर एकोहोरिन्छ । कति बेथितिका पर्खाल भत्के, सपूतले प्राण उत्सर्ग गरे, उज्यालो बिहानीको प्रतीक्षारत सङ्घर्षका पाइला उस्तै हिजोजस्तै अविश्रान्त गति बढाइरहन विवश । आज फेरि पौंठेजोरी खेलाउने अभ्यासमा तल्लीन । ‘अस्तु’

०००
पर्वत, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
ढाेग दियाँ

ढाेग दियाँ

रामप्रसाद पन्थी
के अर्थ ?

के अर्थ ?

धनराज गिरी
खुट्टा तान्नु

खुट्टा तान्नु

आर.सी. रिजाल
व्यवस्था

व्यवस्था

फित्काैली डटकम
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x