साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो शिक्षा

निजी विद्यालयमा पढाउने शिक्षक हाम्रै विश्वविद्यालयका उत्पादन हुन् । उनीहरूलाई त तपाईंहरूलाई जस्तो तालिमको व्यवस्था पनि छैन । उनीहरूले पढाएका सक्षम हुने तपाईंहरू तालिम प्राप्तले पढाएका कमजोर हुने रहस्य के होला ?

Nepal Telecom ad

छायादत्त न्यौपाने :

(चिया पसलमा क र ख को संवाद सुन्दै गर्दा शिक्षा मन्त्रालयमा भेटेका कर्मचारीको पनि सम्झना भो )

क – होइन, यो शैक्षिक आन्दोलन केका लागि हो ? यसको खास आवश्यकता र औचित्य ?

ख – के भन्नुभा हामीले शिक्षामा धेरै काम गर्नु छ अनि आन्दोलनको अर्थ हुँदैन !

क – के गर्नुहुन्छ त्यस्तो विधि शैक्षिक परिवर्तन आन्दोलन गरेर ?

ख – यसैका लागि शिक्षक साथीहरू लागिरहनुभा छ नि शिक्षकका माग पूरा गराउन !

क – मागपत्रमा व्यक्तिगत सुविधा बाहेक नीतिगत बुँदा त एउटै छैन नि !

ख – पहिलो आवश्यकता त सुविधा नै हो नि !

क – कर्तव्य छाडेर अधिकारका पछि एकोहोरिन मिल्छ शिक्षक जस्तो उत्तरदायी व्यक्तिहरूले ?

ख – खाली पेट काम गर्न सकिँदैन नि हजुर !

क – समग्र नेपाली जनताको आय हेर्दा शिक्षकको सुविधा त्यति साह्रै कम जस्तो लाग्दैन नि,नेपालमा बसेर विदेशी सुविधा खोज्न त मिल्दैन होला !

ख – विदेशी सुविधा खोज्न त भएन, तर शिक्षणलाई सम्मानित पेसा बनाउनुपर्छ ।

क – हो, यो कुरा ठिक हो । शिक्षकले चिकित्सक, प्राविधिज्ञ, नेता, व्यावसायी, उद्योगपति उत्पादन गर्छन् तिनै उपेक्षित हुनु त भएन ।

ख – भन्न खोजेको यही त हो नि, बल्ल ठाउँमा आउनुभो !

क – हँ ! म पो ठाउँमा ?

ख – सही कुरा गर्नुभो नि !

क – तपाईंको पक्षमा भए ठिक नत्र बेठिक हुन्छ हो ?

ख – शिक्षक अन्यायमा छन् नि हजुर शिक्षक !

क – शिक्षक अधिकारमा भन्दा बढी कर्तव्यप्रति इमानदार हुनुपर्छ नि होइन र ? यसो नभएर सिङ्गो देश पछाडि रह्यो !

ख – हो, यसमा त दुई मत छैन तर यसमा शिक्षक मात्र जिम्मेवार छन् र !

क – खै त ! शिक्षक आफै आफ्नो काममा विश्वास गर्दैनन् ?

ख – किन नगर्नु नि गर्छन्, गरिराछन् ।

क – विश्वास भए, राम्ररी पढाए, किन आफ्ना छोराछोरी आफूले पढाउने ठाउँमा नपढाई निजी विद्यालयतिर दौडिने गरेको ? निजी विद्यालयका सञ्चालकलाई सुविधा कम भयो भनेर त पक्कै होइन होला !

ख – अहिले प्रतिस्पर्धा ठुलो छ नि । छोराछोरी पछि नपरुन् भनेर हो ।

क – य, त्यसो भए तपाईंहरूले पढाएकाले प्रतिस्पर्धा गर्न सक्दैनन् ?

ख – सक्छन् सक्न त अलिक गाह्रो पर्छ नि ।

क – निजी विद्यालयमा पढाउने शिक्षक हाम्रै विश्वविद्यालयका उत्पादन हुन् । उनीहरूलाई त तपाईंहरूलाई जस्तो तालिमको व्यवस्था पनि छैन । उनीहरूले पढाएका सक्षम हुने तपाईंहरू तालिम प्राप्तले पढाएका कमजोर हुने रहस्य के होला ?

ख – खै तपाईं के-के भन्नुहुन्छ ! यसको मतलब तपाईं शिक्षक विरोधी हो ?

क – पटक्कै होइन, म शिक्षकको सम्मान गर्छु तर पढाउन छाडेर राजनीति गर्ने झोले शिक्षककै कारण गरिबका छोराछोरीले राम्रो शिक्षा पाएनन् भन्ने मेरो ठहर हो ।

ख – होलान् कोही नपढाई तलब खाने !

क – होलान् किन ? धेरै छन् यस्ता । साधारण जनताले तिरेको करबाट तलब खाने तिनकै छोराछोरी नपढाइदिएर भविष्य अँध्यारोतिर धकेल्दिने त शिक्षक त हुन् नि !

ख – नीतिगत सुधार गरेर समता शिक्षा लागू गर्नुपर्छ ।

क – उसो भए तपाईंको नजरमा अहिले हाम्रो शिक्षानीति ठिक छैन ?

ख – हो नि, राम्रो छैन, पटक्कै छैन नि ।

क – के- के हुनुपर्छ हाम्रो शिक्षा राम्रो हुन ?

ख – शिक्षकले पनि मन्त्रालयका कर्मचारी सरह सेवासुविधा पाउनुपर्छ ।

क – अहिले नै बढी छ नि सुविधा, कार्य घण्टा र विदाका दिन गन्नु त !

ख – त्यो त भइहाल्छ नि, हुनै पर्छ । यो के सुविधा हो र !

क – हाम्रो भूगोल, प्रकृति, संस्कृति अनुकूल शिक्षा कस्तो हुनुपर्छ ?

ख – त्यो त विज्ञहरूले छलफल गर्नुपर्छ ।

क – कति वर्ष पढाउनु भो ?

ख – जुग भो नि १८ वर्ष ।

क – अनि त तपाईं विज्ञ होइन ?

ख – म त शिक्षक नि कसरी विज्ञ हुन सक्छु ।

क – तपाईं कुन विषय पढाउनुहुन्छ रे ?

ख – उम… म. नेपाली ।

क – (आफूले पढाउने विषय बताउन पनि….) नेपालीमा विद्यार्थीले के-के पढ्नुपर्छ ?

ख – सबै कुरा पढ्छन् ।

क – के हो नि सबै भनेको ?

ख – किताबमा भएका पाठहरू सबै ।

क – के कस्ता पाठ हुन्छन् किताबमा ?

ख – धेरै हुन्छन् नि पाठहरू ।

क – हँ, ती पाठको नाम पनि होला नि !

ख – हुन्छन् नि किन नहुने पाठहरूका नाम ।

क – कक्षा चारको पहिलो पाठको नाम ?

ख – य, मैले त ७ देखि माथि पढाउँछु ।

क – हो र ! सात कक्षाको पहिलो पाठ ?

ख- (माथितिर हेर्दै) उम….एकछिन है….उम (मन्त्रालयका कर्मचारी साथी र ख मित्रको जवाफ दिने तरिका उस्तै)

क – कस्तो हुनुपर्छ हाम्रो शिक्षानीति ? कर्मचारी

ख – यो त विज्ञले बताउँछन् !

क – शिक्षामा कति वर्ष काम गर्नुभो नि ?

ख – अस्थायी गरेँ ५ वर्ष, अहिले स्थायी भा १७ वर्ष भो । भनेसि जम्मा २२ वर्ष ।

क – शिक्षा मन्त्रालयमा २२ वर्ष काम गरेको मान्छे विज्ञ होइन ?

कर्म- हामी कहाँ विज्ञ हुनु ! विज्ञ त विदेशबाट आउँछन् ।

क- हँ, विदेशीले बनाइदिएको शिक्षा नीतिले हाम्रो शिक्षा हामी अनुकूल व्यावहारिक र जीवनोपयोगी हुन्छ ??

कर्म- खै ! हामीकहाँ जे गर्न पनि विदेशी खोजिन्छ, हुने भएर त होला हामीले आफैलाई विश्वास नगरेको !!

०००

पर्वत, हाल काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
साँढेजुधाइ

साँढेजुधाइ

डा. छायादत्त न्यौपाने ‘बगर’
खर्क

खर्क

डा. छायादत्त न्यौपाने ‘बगर’
कुरा खेतीकाे बाेलबाला

कुरा खेतीकाे बाेलबाला

डा. छायादत्त न्यौपाने ‘बगर’
दादागिरी

दादागिरी

विश्व विनोद
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
0
Would love your thoughts, please comment.x
()
x