साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुर्सी पुराण

कतै ऐन माथी छ धावा तिनैको । म छु भार बोक्ने बिदेशी ऋणैको ॥ न भो लोक चिन्ता चलाएर राज । न यो देश मेरो छ झैँ लाग्छ आज ॥

Nepal Telecom ad

छविलाल आचार्य :

कतै मेच भन्छन् त कुर्सी र आसन् ।
कतै ढल्न थाल्छन् बनेमा कुशासन् ॥
कतै देश सोच्नेहरु रोज मर्छन् ।
नसोच्नेहरुले सधैं मोज गर्छन् ॥१॥

छ यो मेच प्यारो अझै दिव्य शान ।
नजर्मा निकम्पा भयो संविधान ॥
चलाए जुहारी भनी मेच मेरो ।
सबै स्वार्थमा छन् कतै छैन घेरो ॥२॥

भयो मेच प्यारो भने देश मेट्छन् ।
दुराचार गर्ने अलङ्कार भेट्छन् ॥
सधैं देश फेर्ने चलेको छ चर्चा ।
झनै तुच्छ सानो मिलेको छ दर्जा ॥३॥

भयो भाँडभैलो लथालिङ्ग खाली ।
धुवाँधार गाली बजेको छ ताली ॥
कतै कार्यकर्ता उचाली उचाली ।
चुँडालेर बन्धन छ हाली मुहाली ॥४॥

फुटाएर पार्टी टुटाएर साँध ।
सधैं भ्र्स्ट नेता लिंदै काँध काँध ॥
बसे मेचमाथी गरे राष्ट्र घाती ।
तिनै आज भन्छन् म नै राष्ट्रबादी ॥५॥

कतै भोट भन्दै जना लाममा छन् ।
तिनै भोट च्यात्नेहरु ठाउँमा छन् ॥
जसोरी तसोरी छ कुर्सी पियारो ।
भयो तन्त्र हाम्रो जलेको हियारो ॥६॥

कतै भिड जात्रा जनादेश भन्छन् ।
छ त्यो मेच प्यारो स्वयम् विज्ञ बन्छन् ॥
कतै चल्छ टुक्का कतै चल्छ मुक्का ।
सधैं देश मेरो बनेको छ सुख्खा ॥७॥

हटे स्वार्थ केही ढले मोह ताज ।
गुहारेर बस्छन् दुतावास माझ ॥
गरे राष्ट्रघाती चलाए वितण्डा ।
तिनै बोकी हिड्छन् कतै राष्ट्र झन्डा ॥८॥

कतै देशमा यो छ राँको बलेको ।
कतै भर्भराएर गाडी जलेको ॥
अझै के हुने हो ? चलेको छ डण्डा ।
र भण्डार हाम्रो गरे भागवण्डा ॥९॥

लुटेराहरु कोइ हरण् मा पर्‍याछन् ।
कतै पार्टी छाड्दै शरण् मा पर्‍याछन् ॥
न बाटो न ढोका सधैं झ्याल घुस्स्री ।
र बुर्लुक्क उफ्रे समाएर कुर्सी ॥१० ॥

कतै न्याय बाँड्नेहरु मेच बाँड्छन् ।
नबाँड्नेहारुले झनै काम भाँड्छन् ॥
कतै गर्जिएरै फुटाउन खोज्छन् ।
कतै बाघ बाख्रा मिलाएर जोत्छन् ॥११ ॥

न तानौँ त कुर्सी सधैं पाइदैन ।
बरु देश मेरो कतै चाइदैन ॥
हरे ! देश मेरो पर्‍यो जालभित्र ।
म कोरुँ कसोरी नयाँ मानचित्र ॥१२॥

कतै ऐन माथी छ धावा तिनैको ।
म छु भार बोक्ने बिदेशी ऋणैको ॥
न भो लोक चिन्ता चलाएर राज ।
न यो देश मेरो छ झैँ लाग्छ आज ॥१३॥

ति भोका जनाका सयौँ बेदना छन् ।
मिलेरै उठाऔं गि-यो चेतना झन् ॥
अहम् बाद फ्याकौं मिलौँ भित्र भित्र ।
र सद्भाव बाँडौँ बनौँ एक मित्र ॥१४॥

०००
पोखरा १६, कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नववर्षको शुभकामना

नववर्षको शुभकामना

छविलाल आचार्य
होली

होली

छविलाल आचार्य
पर -जा -तन्त्र !

पर -जा -तन्त्र !

छविलाल आचार्य
गाँडतन्त्र

गाँडतन्त्र

छविलाल आचार्य
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x