साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सेवा

देख्ने क्रममा ढोकाकै आडमा लेखिएको अर्को कुरा पनि देख्यो । जसमा लेखिएको थियो - सेवा नै ठूलो धर्म हो ।

Nepal Telecom ad

रमेशचन्द्र घिमिरे :

‘सेवा नै ठूलो धर्म हो’ भन्ने मन्त्रलाई आधार मानेर ऊ अफिसमा कुर्लन्थ्यो, सामाजिक कार्यहरूमा देखिन्थ्यो अनि भाषणमा पनि यसैलाई विषयवस्तु बनाएर दुईचारवटा बढी कुराहरू ओकल्थ्यो । उसको सेवासम्बन्धी यस्तो भावनाबाट प्रभावित भएर उसलाई गाउँमा रेडक्रसको राम्रै पद पनि दिइयो । कतै हिँड्नु पर्दा रेडक्रसको आजीवन सदस्यको लोगो देखिने गरी लगाएर हिँड्ने गर्थ्यो ।

कुनै एक दिनको कुरा हो, अफिसको काममा उसलाई कतै जानु थियो । गाडीमा चढ्यो, मुस्किलले एउटा सिट भेट्टायो र त्यही सिटमा बस्यो ।

गाडी हिँड्यो । केही समयपछि अर्को स्टेसनमा पुगेर रोकियो । एउटी वृद्ध महिला लट्ठी टेक्दै गाडीभित्र पसिन् र सिट पाइन्छ कि भनेर यात्रुहरूसँग अनुनय विनय गर्न थालिन् । अब भने उसलाई समस्या पर्‍यो । सिट दिऊँ भने कति दुःखले पाएको सिट, नदिऊँ भने आफूले छाँटेको आदर्शको महत्त्व नै नहुने ।

उसले भनाइसँग गराइको सम्बन्ध नै हुन नदिन एक्कासी कमिजमा टाँसिएको लोगो छोप्न पुग्यो र निहुरेर त्यसलाई बिस्तारै निकालेर खल्तीमा राख्यो अनि निदाएको स्वाङ पार्न थाल्यो । पछि गाडीबाट झर्ने बेलामा पो उसले देख्यो – ती वृद्धाभन्दा केही वर्ष कम उमेरकी अर्की वृद्धाले उनलाई ठाउँ छोडिदिएर आफूचाहिँ उभिएर यात्रा गर्दै रहिछन् ।

देख्ने क्रममा ढोकाकै आडमा लेखिएको अर्को कुरा पनि देख्यो । जसमा लेखिएको थियो – सेवा नै ठूलो धर्म हो । उसलाई औडाहा भयो अनि छिटो छिटो गन्तव्यतर्फ लम्कियो ।

०००
रचना कालः २०५२/०७/३०
भोर्लेटार लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भ्रममार्ग

भ्रममार्ग

रमेशचन्द्र घिमिरे
अप्रिल फर्स्ट

अप्रिल फर्स्ट

रमेशचन्द्र घिमिरे
देखासिकी

देखासिकी

रमेशचन्द्र घिमिरे
गुलियो माया

गुलियो माया

रमेशचन्द्र घिमिरे
राधा पियारी

राधा पियारी

रमेशचन्द्र घिमिरे
विश्व सुन्दरी

विश्व सुन्दरी

रमेशचन्द्र घिमिरे
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
0
Would love your thoughts, please comment.x
()
x