अशोककुमार शिवास्वार्थ
कुनै कुरा हिजो महत्वपूर्ण थियो र आज त्यही कुरा महत्वहीन भयो भने यस्तो अवस्थाको उखान “खोला तर्यो लौरो बिर्सियो” भन्ने ठ्याक्कै मिल्न जाने हुन्छ । हामीले खोला तर्दा टेकेको लौरोलाई कदापि भुल्नु हुन्न ।

अशोककुमार शिवा :
मानिस सचेत र संवेदनशील प्राणी हो । मानिसले हरेक कुरामा सचेतताका साथ सतर्क रहेर हिजो, आज र भोलि भएको, भइरहेको र हुने कुरालाई हेरिरहेको हुनुपर्दछ । हरेक घटनाहरूमा उत्तिकै संवेदनशीलता राख्नु पर्दछ ।
तर, मानिस नै फेरी यस्तो प्राणी हो जसले सचेतता र संवेदनशीलतालाई व्यक्तिगत, नातागत, समुदायगत, र स्वार्थगत हेर्न जानेको हुन्छ । स्वार्थलाई आफू अनुकुल चलाउनु जान्नु पनि एक कुशल स्वार्थीको सीप हुन सक्दछ ।
अर्को हो, गम्भिरता गम्भीर हुनु र गाम्भिर्यताको साथ कुनै कुरोको जज गर्नु एक कुसल व्यवस्थापकको व्यवस्थापन क्षमताको परिचायक हो । कुन कुरामा गम्भिर हुने हो ? कुन कुरामा सचेतता अपनाउने हो ? र कुन कुरामा संवेदनशीलता देखाउनु पर्ने हो त्यो बुझ्नु नितान्त जरुरी छ । तर ‘नबुझ्नु वा बुझ्न नखोज्नु जस्तो कला पनि एक कुशल स्वार्थको अंश हुन सक्ने हँुदा सो पनि उत्कृष्ठ कला मध्येमा नै पर्दो हो ।
कुनै कुरा हिजो महत्वपूर्ण थियो र आज त्यही कुरा महत्वहीन भयो भने यस्तो अवस्थाको उखान “खोला तर्यो लौरो बिर्सियो” भन्ने ठ्याक्कै मिल्न जाने हुन्छ । हामीले खोला तर्दा टेकेको लौरोलाई कदापि भुल्नु हुन्न । खोलाभित्रको ढुंगामा लागेको लेउमा चिप्लिएर लड्न लाग्या बेलामा लौरोको टेकाईले लड्नबाट बचिन्छ र पारी तर्न सहज हुन्छ । कोही कोही हुन्छन जो खोला तरिसक्छन अनि लौरो खोलातिरै फालेर अघि बढ्छन् । त्यस्ताको त के कुरा गर्नु र ।
अन्तमा, विषय वा प्रसंगले अर्को अर्थ नलागेमा कुनै पनि मानिस स्वार्थन्धो रहनु वा हुनु हुँदैन । समानतामा आधारित संवेदनशीलताले समग्रको कल्याण हुने कुरामा दुईमत रहँदैन ।
०००
गल्कोपाखा ।
Subscribe
Login
0 Comments
Oldest








































