साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरोधर्म गर्छु (१)

हत्या हिंसा सबै रोक्ने घोषणापत्र लेखियो भ्रष्टाचार भगाएर रोप्छौँ छातीतिरै सियो । छर्लङ्ग देखिए भ्रष्ट म सक्नेछु लुकाउन दायाँबायाँ गरे मैले पाइँदैन समाउन ।

Nepal Telecom ad

डिल्लीप्रसाद मुलतिहुन :

श्रीगणेश पुकारेर सबैका सामु पर्दछु
सुल्टो कर्म सबै भुल्छु उल्टो सम्पूर्ण गर्दछु ।१।

अधर्म च्याप्प च्यापेर धर्मको गीत गाउँछु
असत्य नै उचालेर टाकुरोमा पुर्‍याउँछु ।२।

अयोग्य छु त्यसैले म पार्टी तुरुन्त खोल्दछु
अयोग्य हुन् अरू  भन्दै बाठो भएर बोल्दछु ।३।

यो मेरो घोषणा पत्र सबैले पढ्नुपर्दछ
मैले गर्न नजानेको समेत काम गर्दछ ।४।

अचम्मका यसैभित्र खोजियो गफ लाउन
मीठा शब्द थुपारेको आफ्नै दुनो उठाउन ।५।

नसुनेका नदेखेका काम हुँदैछ घोषणा
दुः ख पर्ने कुरा बेग्लै हुँदै हुँदैन शोषण ।६।

देशबासीहरू रोए यो पढेर रमाउछन्
सुल्टो गर्नेहरूले नै उल्टो बाटो समाउँछन् ।७।

म जस्ता चतुरा मान्छे रुनेलाई फकाउन
घोषणापत्र बोकेर थाल्नेछन् घर धाउन ।८।

हत्या हिंसा सबै रोक्ने घोषणापत्र लेखियो
भ्रष्टाचार भगाएर रोप्छौँ छातीतिरै सियो ।९।

छर्लङ्ग देखिए भ्रष्ट म सक्नेछु लुकाउन
दायाँबायाँ गरे मैले पाइँदैन समाउन ।१०।

०००
ओखलढुङ्गा, हाल भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x