साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पलङ

म आमा छलेर रमाउँछु तिमी मलाई छलेर रमाऊ आखिर छलमै त छ विलासी पलङ टन्न खाऊ र पलङमै सन्च सुत पालाे मिलाई मिलाई ढुक्कले सुत !

Nepal Telecom ad

डा. छायादत्त न्यौपाने

हाे नि !
नपत्याए हेर न ऐना
कति राम्रो मान्छे तिमी
हात काटेर मलाई स्वाभिमान दिन्छौ
मेरै शिर दिएर बिदेसिन अनुमति किन्छौ
खै किन खेत बेचेर काेदालाे थमाउँछौ
बाटाे भत्काएर यात्रामा पठाउँछौ
साथ छुटाएर मित्रता गाढा भाे भन्छौ
बजार उसलाई दिएर उत्पादन गराउँछौ
आमा-मन दुखाएर धनी बन्छौ तिमी
साँच्चै !
कति जाती छौ तिमी
मेरो झाेपडी बालेर आगाे ताप्छौ
आयातीत संस्कृतिसित मलाई साट्छौ
आँगन दिएर भाेज खान्छौ
युवा दिएर रेमिटेन्स लिन्छौ
घर अँध्यारो पारी खेतबारी बझ्याउँछौ
सस्तोमा पसिना पाेख्न उतै पठाउँछौ
घरमा सिन्काे भाँच्दा इज्जत जाने मेरो
शव दहनकाे आगाे तपाउन उतै पुर्‍याउँछौ
है !
कति मजाको मान्छे छौ तिमी
ढाँटछल गरी गरी अवधि पुर्‍याउँछौ
मत माग्नु छ नयाँ नयाँ भाषण जुराउँछौ
हाे के साँच्चै सुन्दर छौ तिमी
तिमी मागी मागी घर चलाउँछौ
माग्न अनि मगाउन सिपालु छौ
तिम्रै सङ्गतले बानी परेको मान्छे
माग्नुमै त पुरुषार्थ देख्छु म पनि
हाे, माग फाराम भरी भरी स्वाभिमान
बाँचेकाे सपना देखेर रमाउँछु उस्तै
तिमीले सिकाएकाे सिप मगन्तेजस्तै
यही हाे जीवन निर्वाहकाे उत्तम विकल्प
म मागी खाने बहादुर सन्ततिकाे पगरी गुत्छु
तिमी तिम्रै देन रेमिटेन्स खाऊ
म श्रम सिप सस्तै बेचेर बहादुर बन्छु
परिवार भन्दा पर पुगेर केकेन गर्छु
उर्वर भूमि बाँदरलाई छाडेर
पराधीन दैनिकीसँग स्वाधीन बाँच्छु
यस्तो सुखद अवसर दिने तिमी र
तिम्रा नन्दीभृङ्गी सबै, सबैलाई सलाम छ
म आमा छलेर रमाउँछु
तिमी मलाई छलेर रमाऊ
आखिर छलमै त छ विलासी पलङ
टन्न खाऊ र पलङमै सन्च सुत
पालाे मिलाई मिलाई ढुक्कले सुत !

०००
पर्वत, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x