साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बा ! अब म नेता बन्छु…!!

हो बा ! नेता बन्न पढ्न पर्दैन, मात्रै कुट्न र लुट्न जाने पुग्छ । त्यसैले त भन्या बा ! अब म नेता बन्छु, हो, साँच्चिकै नेता बन्छु ।

Nepal Telecom ad

बा !
गरिबीको छानो टाल्न विदेशिएको दाजु
पोहोर साल बाकसमा फर्केर आयो ।
आमाको औषधी किन्नकै लागि,
इज्रायल गएकी दिदी,
एड्सले थलिएर आई ।
आजकल शब्द बिहीन भएर,
बन्द पर्खालमा मृत्युको,
याचना गर्दै छे ।

बा !
मैले पनि त पढ्ने अवसर कहाँ पाएकी छु र ?
त्यसैले जागिर मेरो बहसको कुरा हैन ।
सर्बहारा बर्गका हामी,
सानोतिनो व्यवसाय गर्न,
पूँजी पनि त छैन ।

बा !
तिम्रो फाटेको टोपीले,
सगरमाथालाई गिज्याइरहेछ ।
हो साँच्चै,
टालेको फरियाले आमाको अस्तित्वमाथि,
प्रश्नचिन्ह खडा गर्दैछ ।

फिसतिर्न नसकेर भाइ,
स्कुलबाट निकालिएको छ ।
त्यसैले त भन्या बा !
अब म नेता बन्छु,
बिरामी पर्दा तिमीलाई,
युरोप र अमेरिका लैजान्छु,
भाइलाई विदेशी स्कुलमा पढाउछु ।
आमा !
ताप्केको ढिंडो हैन अब,
रिसोर्टमै पाक्छ तिमीलाई ।
हामी पनि अरू जस्तै,
चम्किला गाडीमा कुद्छौ ।
हाम्रो पनि स्वतन्त्र बङ्गला हुनेछ ।

बा !
झुप्रोको डिलमा बसेर,
मेरो चिन्ता हैन तिम्ले,
बङ्गलाको घुम्ने कुर्सीमा बसेर,
पत्रकारको बिचबाट,
देशको चिन्ता गर्नेछौ ।

हो बा !
नेता बन्न पढ्न पर्दैन,
मात्रै कुट्न र लुट्न जाने पुग्छ ।
त्यसैले त भन्या बा !
अब म नेता बन्छु,
हो, साँच्चिकै नेता बन्छु ।

०००
रातो पुल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
भाउजूको बिहे

भाउजूको बिहे

अन्जु शर्मा
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x