साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टा भुवनहरि सिग्देललाई मञ्जुश्री साहित्यिक सम्मान

प्रमुख अतिथिको आसनबाट प्रा.रामकुमार पाँडेले मुलुकको परिस्थिति र परिवेशको चित्रणसँगै नेपाली भाषा साहित्य र संस्कृतिको बलियो आधार स्तम्भका रूपमा मञ्जुश्री साहित्यिक समाजले महत्वपूर्ण भूमिका खेलेको छ भन्नुभयो ।

Nepal Telecom ad

काठमाडौं, ०७९ पुस १६ । मञ्जुश्री साहित्यिक समाजको आयोजनामा मञ्जुश्री साहित्यिक सम्मान तथा पुरस्कार (रु. ११११५) कविवर भुवनहरि सिग्देललाई समर्पण गर्दै कविशिरोमणि लेखनाथ पौड्यालको १३९ औं जयन्ती कार्यक्रम सम्पन्न भएको छ ।

विषयप्रवेश मन्तव्यप्रस्तुत गर्दै विशेष अतिथि तथा संस्थागत प्रमुख सल्लाहकार श्रीरामसिंह बस्नेतले मूलभूत विषयमा प्रकाश पार्नुभयो । विशेष अतिथि तथा सल्लाहकार प्रा.डा. वीणा पौड्यालले सम्मानित कवि र लेखनाथ पौड्यालको योगदानको चर्चा गर्दै आगामी कार्यक्रमहरू संस्थाको अक्षय कोषको ब्याजबाट परिचालन हुने जानकारी दिनुभयो ।

प्रमुख अतिथिको आसनबाट प्रा.रामकुमार पाँडेले मुलुकको परिस्थिति र परिवेशको चित्रणसँगै नेपाली भाषा साहित्य र संस्कृतिको बलियो आधार स्तम्भका रूपमा मञ्जुश्री साहित्यिक समाजले महत्वपूर्ण भूमिका खेलेको छ भन्नुभयो । पाँडेले नेपाली कवि र कविताको महत्व दर्शाउँदै कविशिरोमणि लेखनाथ पौड्यालको साहित्यिक योगदानको कदर गरिनुपर्ने र वर्तमान महान् कविको यसैगरी सम्मान र पुरस्कार प्रदान गरिनुपर्छ भन्नुभयो ।

सम्मानित र पुरस्कार प्राप्त स्रष्टा भुवनहरि सिग्देलले मञ्जुश्री साहित्यिक समाजलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो कविता-लेखन अभ्यासका निम्ति गरिएको प्रयासबारे परिचर्चा गर्नुभएको थियो ।

नागार्जुन भ्याली स्कुलका उपाध्यक्ष अर्जुन अधिकारीले आयोजक संस्थालाई धन्यवाद तथा शुभकामना व्यक्त गर्नुका साथै मञ्जुश्री साहित्यिक समाजका लागि निशुल्क सभाहल उपलब्ध गराउने व्यवस्था छ भन्नुभयो । नागार्जुन नपा.- १ का वडा सदस्य रामप्रसाद खनालले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका सल्लाहकार श्रीहरि फुयाँल, भोजराज न्यौपाने संरक्षक सदस्य कवि हरिप्रसाद घिमिरे, टेकबहादुर लौडारी, बालकृष्ण सुवेदी र उत्तम भेटवालले लेखनाथ पौड्यालका विषयमा बिशेष कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रमको थालनी संस्थाका सचिव वीरबहादुर लोहोनीको स्वागत मन्तव्य र कविता वाचनबाट भएको थियो । कार्यक्रम सञ्चालन संस्थाका संस्थापक सदस्य रामरञ्जन पौडेलबाट कुशलतापूर्वक निर्वाह गरिएको थियो ।

सभापति डाक्टर बमबहादुर थापा जितालीले सम्मानित कवि र लेखनाथ पौड्यालको साहित्यिक योगदानको चर्चा गर्दै समारोह समापन गर्नुभयो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x