सुलसुलेमुक्तक मञ्चद्वारा मुक्तककारहरू सम्मानित
मुक्तक मञ्च मकवानपुरको वार्षिकोत्सवको अवसरमा मुक्तक वाचनका साथै विविध व्यक्तित्वहरू सम्मानित हुनुभएको छ । सम्मानित हुनेहरूमा मुक्तकाकरहरू लाेकेन्द्र डहरे, देवराज खरेल र समर्पण न्यौपाने हुनुहुन्छ ।

हेटौँडा, २०७९ पौष १६ । मुक्तक मञ्च मकवानपुरको वार्षिकोत्सवको अवसरमा मुक्तक वाचनका साथै विविध व्यक्तित्वहरू सम्मानित हुनुभएको छ ।
मुक्तक मञ्च मकवानपुरको आयोजनामा साहित्य संगम र सिस्नुपानी मकवानपुरको संयुक्त भवनमा सञ्चालित कार्यक्रम मञ्चका अध्यक्ष डिबी बर्तौलाको सभाध्यक्षता र मुक्तककार हरिकृष्ण काफ्लेको प्रमुख आतिथ्यतामा सञ्चालन भएको हो ।
मुक्तक मञ्चका अध्यक्ष डिबी बर्तौलाद्वारा आफ्ना पिताको स्मृतिमा स्थापित बहादुरानन्द स्मृति मुक्तक सम्मान २०७९ बाट सिन्धुलीका मुक्तककार लोकेन्द्र डहरे रू. ७ हजार ७ सय ७ राशीसहित सम्मानित हुनुभएको छ ।
मञ्चका उपाध्यक्ष किशन पौडेलद्वारा आफ्ना बाबुको स्मृतिमा स्थापित रू. ५ हजार ५ सय ५५ राशीको तारा स्मृति सम्मान २०७९ बाट देवराज खरेल सम्मानित हुनुभएको छ ।
कार्यक्रममा किशन पौडेलले स्वागत मन्तव्य, माधव पोखरेल र विश्वनाथ सञ्जेलले व्यक्तित्व परिचय तथा मुक्तक वाचन गर्नुभयो भने सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, नवसर्जक नेपालका सल्लाहकार दीपक गौतम, प्रलेस मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीले मन्तव्य तथा मुक्तक वाचन गर्नुभयो ।
कार्यक्रममा रियाज कार्की, समर्पण न्यौपाने, सुविज्ञा सुवेदी, भावना न्यौपानेलगायतका प्रतियोगी मुक्तक वाचन भए ।
साहित्य सर्जक पुरूषोत्तम आचार्य र सानु खनालको निणर्ायक समितिले १० प्रतियोगी मुक्तकमध्ये समर्पण न्यौपानेको मुक्तकलाई सर्वोत्कृष्ट घोषणा गरी प्रलेस मकवानपुर अध्यक्ष श्रीराम अधिकारीद्वारा आफ्नी हजुरआमाको स्मृतिमा स्थापित रू. ५ हजार १ राशीको ईन्दिरादेवी स्मृति मुक्तक सम्मान २०७९ द्वारा सम्मानित गरिएको छ । उत्कृष्ट ४ जनालाई जनही रु.१ हजार राशीसहित सम्मानित गरियो ।
कार्यक्रममा प्रमुख अतिथि तथा सम्मानित र पुरस्कृत व्यक्तित्वहरूलाई प्रमाणपत्र, पुस्तक उपहारसमेत प्रदान गरियो ।
यस्तै लक्ष्मण पौडेल, सुवास सजल, मिथिला अधिकारी, रञ्जिता डंगोल, मुक्तक मञ्चका सल्लाहकार दीपक गौतम, सागर तिमल्सिना, देवराज तिवारी, मुक्तक मञ्च बाराका अध्यक्ष अविनाश सापकोटा लगायतले मुक्तक वाचन गर्नुभयो ।
कार्यक्रममा बाल जागृति सेकेण्डरी ईङ्गलिश स्कुलका प्रिन्सिपल विनोद सुवेदीले साहित्य संगम तथा सिस्नुपानी नेपालको हलमा प्रयोग हुनेगरी साउन्ड सिस्टम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रम मुक्तक मञ्चका सचिव गोकर्ण मुक्तान र सदस्य स्वस्तिका दाहालले सञ्चालन गर्नुभएको हो ।
०००
– संप्रस पौडेल, हेँटौडा
Subscribe
Login
0 Comments
Oldest











































