साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जाडो

आज जाडोलाई बढीनै गाली गरिंदै छ हिजोको गर्मीको तहसनहस सबै बिर्सेर उसैलाई ताली भरिंदै छ यहि जाडो हो जसलाई पाउँन हामीले प्रचण्ड गर्मीसंग संघर्ष गरेको ।

Nepal Telecom ad

यहि जाडो हो
जसलाई पाउँन हामीले
गर्मीसंग संघर्ष गरेको
कैयौं भेलबाडीहरू तरेको
जेठमा
साथीभाइसँगको भेटमा
सिद्धीका सपनाहरू भरेको ।

नपाउन्जेल पो उखरमाउलो
पाएपछि फालाफाल
नभेटुन्जेल पो खोजिनीति
भेटेपछि हालबेहाल
कुनैदिन
पसिनाको आहालमा डुबेको बेला
घामको राप प्रचण्ड डिग्रीमा पुगेको बेला
फालेलुङ् र याङ्फुदिनलाई सम्झँदै
लेते टुकुचेको कल्पना लिंदै
घुटुक्क थुक निल्थ्यौं
चिसोको अभावमा पिरोलिन्थ्यौं
आज जाडो हाम्रै आँगनमा आएको छ
हाम्रो आङआङभित्र घुसेर रमाएको छ
यहि जाडो हो
जसलाई पाउँन हामीले
गर्मीसंग संघर्ष गरेको ।

आज पल्लाघरको बार्दलीबाट
जेठी आमै पड्के जाडो भन्दै
बेस्सरी सराप्दैछन्
रामवीरे बा जाडोकै रिसले
जोडजोड काम्दैछन्
जाडोभन्दा त बरु गर्मी नै ठिक
शहरीया नानीले ग्ल्यामर देखाउँन पाइनन् रे !
स्वीमिंग पुलको व्यवसायी
ब्यापार भएन भन्थे
त्यसैले होला आज
अविश्वासले विश्वासको
चुपचाप तर
निर्ममतापूर्वक
हत्या गरिरहेछ
यो मन नपराउँनेहरूलाई
खुच्चिङ् रुपि स्वादले भरिरहेछ ।

ती गर्मीहरूमा
रक्त पिपासु लामखुट्टे
अनेकौ आवाज बोकेर आइपुग्थे
झ्यास जङ्गल र झाडीहरूमा
बिषालु सर्प बिच्छीहरू लुक्थे
नजानिंदो गरेर भ्यात्लुङ्
औंलाका कापकापमा घुस्रिन्थे
दलाल भ्यागुत्ताहरू हसहजुरको
एकोहोरो राग अलापिरहेका हुन्थे
यिनै अनेकौं अत्याचारको विरोध गरेर
प्राप्त यहि जाडो हो
जसलाई पाउँन हामीले
प्रचण्ड गर्मीसंग संघर्ष गरेको ।

कोदाको ढिंडो खाँदाखाँदा
मसिनु धानको कल्पना
आज वाक्क लागेको छ
पैदल हिंड्दाहिंड्दा
जिएम्सी चढेको सपना
आज कार चढ्दा एलर्जी भएको छ
एसीको धङ्धङे बेसी भएर होला
आज जाडोलाई बढीनै गाली गरिंदै छ
हिजोको गर्मीको तहसनहस सबै बिर्सेर
उसैलाई ताली भरिंदै छ
यहि जाडो हो
जसलाई पाउँन हामीले
प्रचण्ड गर्मीसंग संघर्ष गरेको ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x