साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झुक्दै गएको शिर

हामी नै गतिला सुसङ्गठित हौँ भन्थ्यौँ हिजो सम्म ता, हामी नै बल बुद्धि पूर्ण सबमा भन्छौँ अझै झन् युवा, हामीमा कमजोर के छ र कता के ले भयौँ अस्थिर, के ले उठ्न दिँदैन खै मुलुकको झुक्दै गएको शिर ।

Nepal Telecom ad

उस्तै छन् हिम शैल पर्वतहरू उस्तै चराका ध्वनि
उस्तै फाँट उपत्यका र मनका छन् देशवासी गुणी
उस्तै छन् जल सम्पदा वन उही उस्तै सबै आखिर
के ले उठ्न दिँदैन खै मुलुकको झुक्दै गएको शिर ।।१।।

नेपाली बलवीर छन् भुवनका भन्छन् बुझेकाहरू
मार्छन् मर्नु अगाडि शत्रुजनको गर्छन् सफाया बरु
जान्दैनन् छलछाम वा कपट वा ठग्ने कला माहिर
के ले उठ्न दिँदैन खै मुलुकको झुक्दै गएको शिर ।।२।।

गोर्खाली इतिहास पढ्छ जसले गाथा सधैँ वीरको
कैल्यै बस्नु परेन आश्रित हुँदै साम्राज्य संसारको
यस्तो देश थियो भनेर जहिले अग्लो बनेको शिर
के ले उठ्न दिँदैन माथ घरको झुक्दै गयो आखिर ।।३।।

चित्तानन्द हुँदै यहीँ ऋषिहरू गर्थे तपस्या पनि
देवी देवहरू यही जमिनमा घुम्थे हमेशा रमी
हाम्रै स्वर्ग धरा पुराण सबको उल्लेखमा सुस्थिर
के ले उठ्न दिँदैन खै मुलुकको झुक्दै गएको शिर ।।४।।

जन्मे बुद्ध पवित्र पावन धरा हो लुम्बिनी काखको
यो मात्रै छ वसुन्धरा सगरमा चुम्ने उचो माथको
हाम्रा अग्रजले बचाउन धरा काटे झुकेनन् शिर
के ले उठ्न दिँदैन माथ घरको झुक्दै गयो आखिर ।।५।।

हामी नै गतिला सुसङ्गठित हौँ भन्थ्यौँ हिजो सम्म ता
हामी नै बल बुद्धि पूर्ण सबमा भन्छौँ अझै झन् युवा
हामीमा कमजोर के छ र कता के ले भयौँ अस्थिर
के ले उठ्न दिँदैन खै मुलुकको झुक्दै गएको शिर ।।६।।

०००
मेचीनगर, झापा
हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दुष्यन्त भट्टराई
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दुष्यन्त भट्टराई
वृद्ध जो निवासमा…

वृद्ध जो निवासमा…

दुष्यन्त भट्टराई
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

दुष्यन्त भट्टराई
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x