साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छ यो धान्न गाह्रो यहाँ जिन्दगानी !

यहाँ छैन आफ्नो, छ मायालु घेरो । तृषा पाल्छ मान्छे, न तेरो न मेरो ।। कठै देह गुम्दा, भयो लौ खरानी । छ यो बुझ्न गाह्रो, यहाँ जिन्दगानी ।।

Nepal Telecom ad

कतै रात पर्दा, कतै घाम मिल्छ ।
कतै हर्ष मिल्दा, कतै कष्ट हुन्छ ।।
निशा काल डाक्ने, छ यो रात रानी ।
छ यो धान्न गाह्रो, यहाँ जिन्दगानी ।।-१

यहाँ आज मान्छे, बने तारकाझैँ ।
बढ्यो भ्रष्ट पारा, हरामी दशाझैँ ।।
खुसी खोस्न सक्ने, परेको छ बानी ।
छ यो धान्न गाह्रो, यहाँ जिन्दगानी ।।-२

खुबै लुट्न खोज्ने इरादा छ कस्तो ।
रुढी काल रम्दै, दशा डाक्छ जस्तो ।।
नशा दोष थप्दै, बिगा-यो जवानी ।
भयो धान्न गाह्रो, यहाँ जिन्दगानी ।।-३

हियो तालु दुख्दा, खुबै त्रास बढ्छ ।
छ सन्तान टाढा, भने आस मर्छ ।।
कतै हुन्छ गल्ती, भने हुन्छ ग्लानि ।
भयो धान्न गाह्रो, यहाँ जिन्दगानी ।।-४

यहाँ छैन आफ्नो, छ मायालु घेरो ।
तृषा पाल्छ मान्छे, न तेरो न मेरो ।।
कठै देह गुम्दा, भयो लौ खरानी ।
छ यो बुझ्न गाह्रो, यहाँ जिन्दगानी ।।-५

०००
२०७९/१०/१९
बट्टार, नुवाकोट हाल काठमाडौं
मोबाइल नं. ९८४१७५८१८४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x