साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही ठोक्तक

मेलम्ची पो आएछ, बगाउला है सानू रेल चढ्दा होसगरे, लडाउला है सानू म त युवा देशको पसिना छ खाडीको बाकसभित्र आइन भने रमाउला है सानू ।

Nepal Telecom ad

टिकटको भर्ती खुल्यो सुन्नमा आछ
लाहुरेको योग्यता पैसामा भाछ
पार्टी सँग-सँगै नाम दर्ता गराउनुस्
अन्तमा सिफारिस चाकरीमा गाछ ।
१)

हिजोआज बालेन बलेको बत्ती भन्छन्
पार्टीका नेतालाई फालेको टट्टी भन्छन्
जनता साच्चै जनार्दन भए कि कसो ?
टुकुचा त हामी सबैको लठ्ठी भन्छन् ।
२)

पातमाथि फूल्ने फूलको, जात धेरै हुँदा रैछन्
आज एउटा भोलि अर्को, बात धेरै हुँदा रैछन्
सर्वहारा भन्दा पनि सरमहारा बढ्दै गएसी
देखाउने भन्दा यहाँ लुकाउने हात धेरै हुँदा रैछन् ।
३)

बुढ्यौलीले छोए पनि, बोतल छोड्या छैन
कार्यकर्ता छेउमा देखे, डाँट्न छोड्या छैन
लुकिछिपी भन्दा रैछन, पातिएको बूढो
जे भने नि साँझपख, मात्न छोड्या छैन ।

४)
मेलम्ची पो आएछ, बगाउला है सानू
रेल चढ्दा होसगरे, लडाउला है सानू
म त युवा देशको पसिना छ खाडीको
बाकसभित्र आइन भने रमाउला है सानू ।
५)

मेचीदेखि महाकाली टुक्रा-टुक्रा पार्दा
सिंहदरबार खित्काउछ उखानटुक्रा सुन्दा
देश विकास होला के त युवा पलायन हुँदा ?
रक्षकको नाममा आफै देश टुक्रा पार्दा ।
६)

०००
रातोपुल, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
सत्ताको खोजी

सत्ताको खोजी

अन्जु शर्मा
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x