साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लैनचौरलाई, अझै खेल्न देऊ !

महाअभियोग रमाइलो खेलभो, का मु परंपरा सधैं चलाऊ ! यत्र तत्र अस्तब्यस्त पार्दै, लैनचौरलाई, अझै खेल्न देऊ !

Nepal Telecom ad

एक माघले जाडो कहाँ जान्छ काम्रेड्,
लैनचौर घाम ताप्न लामै लाग्छ !
तलतिर बस्नेले छत नपाई,
घाम ताप्न ऊ पनि लैनचौर धाउँछ !

लैनचौरको साइज ठूलो छ भन्छन्
यसलाई कसैले कम नआँक्नू !
यसका अग्ला-रूखले देख्ने बिषय,
कतिले देख्तैनन् हेक्का राख्नू !

जहानिया शासन तोड्ने भन्दै,
प्रजातन्त्र खातिर त्रिभुवन धाए !
उन्नाइस पचासको सन्धि भित्रियो,
प्रजातन्त्र-प्रेमीले दुर्दशा पाए !

निवास नजिकै ठूलो अस्पताल,
देशका भू प्र म घरमै मर्छन् !
पुत्र वितण्डा बहाना हो कि ?
प्रजातन्त्र-प्रेमी राजा अकाल मर्छन् !

गुप्तचरीको जागिर बबुरो,
बच्चा पढाउँछ, स्वास्नी पाल्छ !
मदन-साक्षी, दिन दहाडै,
मारिन्छ अमर, कसलाई टन्टा !

खुल्ला सिमाना ओहर दोहर,
यताका उता गई पसिना काढ्छन् !
उताको महंगो तरकारी भित्रिन्छ,
यताका रूँदै बाटोमा फाल्छन् !

नागरिकताको बिषय नसुल्झाइकनै,
राष्ट्रपति पद बिवादमा पार,
तेरो र मेरो, खैला बैला,
अन्त्यमा उम्मेद्वार अर्कैको सार !

महाअभियोग रमाइलो खेलभो,
का मु परंपरा सधैं चलाऊ !
यत्र तत्र अस्तब्यस्त पार्दै,
लैनचौरलाई, अझै खेल्न देऊ !

०००
क्यालगरी, क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x