साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संस्कृतिमा विकृति

दियौ स्वीकृति धर्म कर्म नबुझ्दा छिर्यो विकृति । कुरै नबुझी बाहिरियो संस्कृति भित्र्यो विकृति ।

Nepal Telecom ad

सुसेली लयमा

नमः शिवाय
ॐ नमो भगवते
वासुदेवाय ।

मौलिकतामा
धेरै आँच आएको
छैन पतामा ।

हरि ह्यारी भो
पीताम्बर पिटर
डेभ देवको ।

देव माधव
माइकल भएर
बन्छ साधक ।

संस्कृतको गौ
मूल भाषा हाम्रै हो
अंग्रेजीमा कौ ।

मातृ मातर
अंग्रेजीमा लेखेका
ममी मदर ।

कुरा गरौँ कुन् ?
हाम्रै जडिबुटीका
ट्याबलेट हुन् ।

हाम्रो संस्कृति
संसारकै नमुना
उच्च प्रकृति ।

भन्छ पुराण
हाम्रो धर्म संस्कृति
धेरै पुरानो ।

प्यारो नेपाल
लान सके लैजान्थे
अग्ला हिमाल ।

काव्य कविता
नक्कल् गरे बनाए
मीठा छरिता ।

खान्छन् ठोकर
आज वीर नेपाली
बन्छन् नोकर ।

दियौ स्वीकृति
धर्म कर्म नबुझ्दा
छिर्यो विकृति ।

कुरै नबुझी
बाहिरियो संस्कृति
भित्र्यो विकृति ।

०००
कपन, काठमाडौंं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुसेलीमा भानु सम्झना

सुसेलीमा भानु सम्झना

दुर्गा भमरकोटे
सुसेलीमा दसैँ

सुसेलीमा दसैँ

दुर्गा भमरकोटे
आफ्नै कथा: सुसेलीमा

आफ्नै कथा: सुसेलीमा

दुर्गा भमरकोटे
बाङ्गा तीज सुसेली

बाङ्गा तीज सुसेली

दुर्गा भमरकोटे
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x