खगेन्द्र नेउपानेआजको कविता
आजभोलि राजनीति त अवसरको खेती भयो चाटाचाट र काटाकाटको कामै मात्रै तेती भयो जसलाई पनि अघि बढ्न बेइमानी नै गर्नुपर्छ कतातिर हरियो छ त्यतैतिर चर्नुपर्छ ।

अवसरको खेती राम्रो बीउ छर्दै गर्नुपर्छ
सरेक कतातिर पर्छ अघिपछि सर्नुपर्छ
बलियो बन्न कहाँ त्यति सजिलो त हुन्छ हजुर !
कतातिर हरियो छ त्यतैतिर चर्नुपर्छ ।
कहिले यता यता भन्दै दगुरेर कुद्नु पर्छ
कहिले उता पो त राम्रो भन्दै फेरि जुध्नुपर्छ
सिद्धान्त र आदर्शको चण्डिपाठ नि गर्नुपर्छ
कतातिर हरियो छ त्यतैतिर चर्नुपर्छ ।
लुकीलुकी तलका र माथिकालाई भेट्नुपर्छ
अस्ति रट्या छाडा डाइलग भागबण्डाले मेट्नुपर्छ
चापचाप् चुप्चुप् थम्थाम् थुम्थुम् गर्दै पनि गर्नुपर्छ
कतातिर हरियो छ त्यतैतिर चर्नुपर्छ ।
आजभोलि राजनीति त अवसरको खेती भयो
चाटाचाट र काटाकाटको कामै मात्रै तेती भयो
जसलाई पनि अघि बढ्न बेइमानी नै गर्नुपर्छ
कतातिर हरियो छ त्यतैतिर चर्नुपर्छ ।
०००
गौरादह, झापा
Subscribe
Login
0 Comments
Oldest





































