साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे (८८ औ भाग)

सधैँ पाप बढ्दा, धरा फाट्न सक्छिन् । जया शारदाले, कतै साथ छोड्लिन् ।। भयो चाल यस्तो, भने श्याम रुन्छन् । बने राम मान्छे, भने कष्ट हट्छन् ।।

Nepal Telecom ad

भए आज मान्छे, रुढी कालसम्म ।
ठगी भ्रष्ट जाग्ने, कथा छन् अचम्म ।।
बढ्यो कष्ट पीडा, दशा सङ्कटाझैँ ।
यहाँ आज मान्छे, बने तारकाझैँ ।।-१

सुधा घाम पानी, रमून् एकताले।
चलून् आज मान्छे, दया भावनाले।।
खुसी हुन्छ मान्छे, धरा मिल्दिनाले ।
दुखी बन्छ मान्छे, तृषा पाल्दिनाले ।।-२

सधैँ साथ रम्ने, छ यो देह छाया ।
दशा रोग बाधा, छ दायाँ र बायाँ ।।
दशा जाल रोप्ने, छ बानी परेको ।
खराबी छ मान्छे, सडेको गलेको ।।-३

दशा धुर्त चाला, हटून् पाप सारा ।
बनून् भद्र मान्छे, धरून् सत्य नारा ।।
नयाँ कान्ति छर्दै, पुगून् कन्दरामा ।
दया रोप्न मान्छे, खडा हून् धरामा ।।-४

सधैँ पाप बढ्दा, धरा फाट्न सक्छिन् ।
जया शारदाले, कतै साथ छोड्लिन् ।।
भयो चाल यस्तो, भने श्याम रुन्छन् ।
बने राम मान्छे, भने कष्ट हट्छन् ।।-५

०००
बट्टार, नुवाकोट, हाल काठमाडौं
२०७९/१०/२५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x