सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पुरस्कार

सडकको किनारमा, माग्दैछन् रे भिख जनता । पुरस्कारको ठेली बोकी, त्यसै आछौ हामी नेता ?

Nepal Telecom ad

लैङ्गकि विभेद अन्त गर्न,
तिम्ले कर्म गरेकै छौ ।
नारी संख्या धेरै भाछ,
दुईचार बिहे गरेकै छौ ।

जात, धर्म, बर्ग तोडी,
विजातिय भित्र्याकै छौ ।
त्यसैले त तिम्रा लागि ,
पुरस्कार दिलाका छौ ।

मना गर्छौ किन तिमी ?
चलेकै छ यस्तो चलन ।
राम्राको त हैन यहाँ,
हाम्राको ठाउँ पाएकै छौ ।

तिमी जस्ता धेरै -धेरै,
होमिएथे युद्धकालमा ।
तिम्रो नाम धन्य-धन्य,
संझिएथ्यौं बालुवाटारमा ।

पति-पत्नी, छोराछोरी,
वियोगको पीडा बोकी ।
गुमाएर हात-खुट्टा,
यु्द्धकालको घाउ बोकी ।

सडकको किनारमा,
माग्दैछन् रे भिख जनता ।
पुरस्कारको ठेली बोकी,
त्यसै आछौ हामी नेता ?

०००

काठमाडाैं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
वार्ता

वार्ता

अन्जु शर्मा
मृत कानुन

मृत कानुन

अन्जु शर्मा
अपजसे खाना

अपजसे खाना

अन्जु शर्मा
तीतो यथार्थ

तीतो यथार्थ

अन्जु शर्मा
सालिक

सालिक

अन्जु शर्मा
माला

माला

अन्जु शर्मा
राष्ट्रिय विकास रमिता !

राष्ट्रिय विकास रमिता !

गायत्री परिरोशनी
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
सबै उस्तै उस्तै

सबै उस्तै उस्तै

विजयध्वज थापा
घोचक गीत

घोचक गीत

अमर अधिकारी
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल