साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्यवसायीकरण

महान क्रान्तिकारी नेता घोरिएर सोच्न थाल्यो । उसको मुखमा एक गीतको लय गुन्जन थाल्यो । - “फूलको आँखामा काँढै संसार, काँढाको आँखामा फूलै संसार !”

Nepal Telecom ad

– “न पैरो जाने डर, न कसैको भर ! ठुल्ठुलो गफ हाँक्दिएपछि व्यवसाय र रोजगारी चलिहाल्थ्यो ।”
एकदिन सडक छाप अल्लारेले भोक लागेको रिसको झोकमा प्वाक्क भीडमा ढुङ्गा हानेर उतापट्टि सर्‍यो । समातियो । सबैले उसलाई नेताको पगरी गुताएर प्रशंसा गर्न लागे ।

-“क्या खतरा मान्छे । नेता भनेको त त्यस्तो पो हुनुपर्छ !”
– “जेलमै मर्ने भो !”
जेलमा उसलाई पुलिसले ससम्मान मासुभात खुवायो । उसको मन एकाएक बदलियो । भोक मेटियो । जडसूत्र भेटियो ।
– “गरिबहरूको जीवनको व्यावसायिक उपाय !”

त्यसपछि सडक छाप आफूलाई जेलरले खुवाएको मासुभात सम्झन थाल्यो । समाजका गरिबहरूलाई मासुभातको अतृप्त कथा बनाएर गाउन थाल्यो ।
– “अब वर्गीय समाज परिवर्तन गर्नुपर्छ !”
भोका, नाङ्गा, दुखी, गरिब र हेपिनेहरू सडक छापले दिएको आश्वासनले नारा लगाउन थाले ।
– “हामीलाई एकपेट खान दे !”

सडक छापको प्रशंसाको उचाइ अकासियो । उसलाई सम्पर्क, भेटघाट, सहयोग र साथ दिनेहरू उसको नजिक ओइरिए । उसको एक ढुङ्गाको मूल्य बढ्दैगयो । जताततै उसको प्रशस्ती गाउँन गालियो । उसको व्यवसाय, विना पैसा फष्टाउन थाल्यो । नाफा पनि निकै कमाउन र जमाउन थाल्यो । धनाढ्य स्तरमा उम्लिएको उसले आफ्नो श्रीमतीलाई धाक छोडेर भन्यो ।
– “बुझ्यौ ! मेरो व्यवसायको फल कति मिठो लाग्छ ?”

ओठ सुकेकी, मुहार दोब्रिएकी र भोकाएकी उसकी श्रीमतीले हातमा लिएको एक कागज तेर्स्याएर भनिन् ।
– “लौ अब यो छल छोड्नू, पारपाचुके गरेर मलाई मुक्तिदिनु !”
महान क्रान्तिकारी नेता घोरिएर सोच्न थाल्यो । उसको मुखमा एक गीतको लय गुन्जन थाल्यो ।
– “फूलको आँखामा काँढै संसार, काँढाको आँखामा फूलै संसार !”

श्रीमती पारपाचुकेको कागज टिपेर भाग्दै कराउन थालिन् ।
– “विना ढेउवा के व्यवसाय !”

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झर्ला र खाउँला !

झर्ला र खाउँला !

डा. विदुर चालिसे
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
माननीय सांसद

माननीय सांसद

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
ढाेग दियाँ

ढाेग दियाँ

रामप्रसाद पन्थी
के अर्थ ?

के अर्थ ?

धनराज गिरी
खुट्टा तान्नु

खुट्टा तान्नु

आर.सी. रिजाल
व्यवस्था

व्यवस्था

फित्काैली डटकम
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x