सुलसुलेघुम्ती कविगोष्ठीको १२३ औँ शृङ्खला
घुम्ती कविगोष्ठी नेपालको १२३ औँ शृङ्खला वरिष्ठ साहित्यकार तथा स्रष्टा पदयात्राका संयोजक शीतल गिरीको निवास, बोडे भक्तपुरमा सम्पन्न भएको छ ।

काठमाडौँ, फागुन १३, २०७९ । घुम्ती कविगोष्ठी नेपालको १२३ औँ शृङ्खला वरिष्ठ साहित्यकार तथा स्रष्टा पदयात्राका संयोजक शीतल गिरीको निवास, बोडे भक्तपुरमा सम्पन्न भएको छ ।
यस कविगोष्ठीको प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि हुनुहुन्थ्यो भने अतिथिहरूमा वरिष्ठ साहित्यकार डिल्लीराज अर्याल, खोलाघरे साहिँलो, वसन्त रिजाल, ममता मृदुल र विमल अर्याल हुनुहुन्थ्यो ।
बिहान ८ः३० बजे सुरु भएका यस कार्यक्रममा विमल अर्याल, घनश्याम प्रसाईं, डिल्लीराज अर्याल, भावकेशर बराल, खोलाघरे साहिँलो, ममता मृदुल, शारदा पराजुली, वसन्त रिजाल, सुमन पुडासैनी मित्र, गोविन्द घिमिरे वेदमणि, शीतल गिरी, परशुराम पराशर र रामकुमार पण्डित क्षेत्रीले कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रमको घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष रामकुमार पण्डित क्षेत्रीको स्वागत मन्तव्य र कविता वाचनबाट सुरु भएको थियो । कार्यक्रमा वाचित रचनाहरूको समीक्षा खोलाघरे साहिँलाले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथिले घुम्ती कविगोष्ठी नेपालले कविता वाचनको क्षेत्रमा निकै फड्को मारेको कुरा बताउनुहुँदै गजलको बारेमा सैद्धान्तिक तथा व्यवहारिक कुरा बोल्नुभयो । कार्यक्रमको सञ्चालन घुम्तीका पूर्व अध्यक्ष परशुराम पराशरले गर्नुभएको थियो ।
०००
– परशुराम पराजुली
Subscribe
Login
0 Comments
Oldest











































