साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनेसास शिखर पुरस्कार समर्पण र एकल कविता वाचन

नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति कवि भूपाल राईले कवि गिरी श्रीस मगरलाई नगद ३३,३३३/- राशीसहित “अनेसास शिखर पुरस्कार २०७९” प्रदान गर्नु भयो ।

Nepal Telecom ad

काठमाडौं, २०७९ फागुन १३ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतार च्याप्टरले मण्डला थिएटर, काठमाडौंमा आयोजना गरेको “अनेसास शिखर पुरस्कार समर्पण २०७९“ तथा महेन्द्र थुलुङ राईको एकल वाचन कार्यक्रममा कवि गिरी श्रीस मगर पुरस्कृत हुनु भयो ।

दुई चरणमा आयोजित सो कार्यक्रमको पहिलो सत्रमा नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति कवि भूपाल राईले कवि गिरी श्रीस मगरलाई नगद ३३,३३३/- राशीसहित “अनेसास शिखर पुरस्कार २०७९” प्रदान गर्नु भयो । यसअअघि “अनेसास शिखर पुरस्कार” बाट साहित्यकारहरु विनोद खड्का र बद्रीप्रसाद पराजुली पुरस्कृत भइसक्नु भएको छ । यो पुरस्कार कोभिड आउनु अगाडि २०७७ मा स्थापना गरिएको थियो । पुरस्कार समितिको संयोजकमा पूर्व अध्यक्ष प्रेमप्रसाद भट्टराई रहनु भएको छ ।

सो अवसरमा प्रमुख अतिथि माननीय कुलपति कवि भूपाल राईले अनेसास कतार च्याप्टरको प्रशंसा गर्दै साहित्यकारहरुले एकअर्काको खुट्टा तान्नु भन्दा जुटेर काम गर्नुपर्ने बताउनु भयो ।

अनेसास कतार च्याप्टरका पूर्व अध्यक्ष रेगिस्तानी कवि तीर्थ संगम राईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अध्यक्ष राईले पुरस्कार र पुरस्कृत कवि गिरी श्रीस मगरको परिचय दिनु भएको थियो ।

सो कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय पूर्व अध्यक्ष एवं “अनेसास शिखर पुरस्कार समिति”का सदस्य साहित्यकार राधेश्याम लेकालीले कार्यक्रमको उदेश्य र महत्वमाथि प्रकाश पार्दै अनेसासको परिचय र कतार च्याटरको योगदानको चर्चा गर्नु भयो । उहाँले कतार च्याप्टर गल्फ कै पहिलो र सक्रिय च्याप्टर भएको बताउनु भयो ।

सोही अवसरमा अनेसास कतार च्याप्टरका सस्थापक संयोजक (२००६) साहित्यकार शिखर बैद्यका दाजु रमेशानन्द बैद्यले परिवारको तर्फबाट मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा पुरस्कृत कवि गिरी श्रीस मगरले आफ्नो लिखित मन्तब्य राख्नु भएको यश कार्यक्रम इन्द्रमणि नेपालले संचालन गर्नु भएको थियो । कार्यक्रममा अनेसास बोस्टन च्याप्टरकी अध्यक्ष कवि दीपा राई पुन, नेपाल च्याप्टरकी उपाध्यक्ष कवि गीता कार्की, प्रा. मुनाराज शेर्मा, कान्तिपुरकर्मी होम कार्की, दिनेश रेग्मी, आख्यानकार प्रगति राई, साहित्यकार डा. नवराज लम्साल, अनेसास न्युयोर्ककी सदस्य कवि नदिया लिवाङ, सखी प्रतिष्ठानकी अध्यक्ष एवं अनेसास नेपाल च्याप्टरकी सदस्य कवि मन्जिला अनिल, नेपाल च्याप्टरका सदस्य साहित्यकार डी. आर. राई, संगीतकार सन्तोष श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको दोस्रो सत्रमा कवि महेन्द्र थुलुङ राईको एकल वाचन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको आयोजनाको लागि अनेसास कतार च्याप्टर, अनेसास शिखर पुरस्कार र सहकार्य नवोदित साहित्यिक वाचनालय कतार, सन्ध्या ग्रुप अलखोर कतार अन्तर्गत मुग्लानी सौगात त्रैमासिक पत्रिका रहेका थिए ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x