सुलसुलेनेपाल कमर्स क्याम्पसको एल्मुनाई गठन
नवगठित एल्मुनाईको सचिवमा शिवप्रसाद जैसी, सदस्यमा जानुका श्रेष्ठ, विना सुवेदी, सुजन न्यौपाने, श्याम तन्डुकार, गणेश पहाडी, तोयानाथ भट्टराई र रति थापा रहेका छन् ।

काठमाडौं, फागुन १४, २०७९ । नेपाल कमर्श क्याम्पसमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूको भेला त्रिभुवनपार्क थानकोटमा आयोजना गरियो ।
उक्त भेलाले मोहनराज रेग्मीको नेतृत्वमा ९ सदस्यीय नेपाल कमर्श क्याम्पस एल्मुनाई गठन गरेको छ । नेपाल कमर्श क्याम्पसका भूतपूर्व क्याम्पस चिफ माधव नेउपाने, सह प्राध्यापक भिष्मराज सुवेदी, नेपाल राष्ट्र बैकका सञ्चालक समिति सदस्य तथा भूतपूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र स्वतन्त्र विद्यार्थी युनियनका पूर्व सभापति संरक्षक रहने व्यवस्था गरेको छ ।
नवगठित एल्मुनाईको सचिवमा शिवप्रसाद जैसी, सदस्यमा जानुका श्रेष्ठ, विना सुवेदी, सुजन न्यौपाने, श्याम तन्डुकार, गणेश पहाडी, तोयानाथ भट्टराई र रति थापा रहेका छन् ।
०००
– शिवप्रसाद जैशी
Subscribe
Login
0 Comments
Oldest