साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हे सृष्टिकर्ता !

हजुर सृष्टिकर्ता भइकन पनि हेप्ने ? यस्तो घोर अन्याय कहिलेसम्म खेप्ने ? भारतलाई मोदी दिने, चाइनालाई सि दिने अनि हामीलाई चाहिँ हेपेर यी दिने ? हेपाइ पनि त हद हुन्छ गाँठे !

Nepal Telecom ad

विदेशतिर चाहिँ त्यस्ता त्यस्ता हर्ताकर्ता
हाम्रो देशमा चाहिँ यस्ता यस्ता हर्ताकर्ता
हामीलाई अन्याय गर्‍या हौ कि मजाक गर्‍या हौ ?
कि तिमी पनि यी नेताको भाषणले भ्रममा पर्‍या हौ ?
युरोप अमेरिकातिर त्यस्ता त्यस्ता कर्ता
हाम्रो देशमा चाहिँ किन यस्ता जर्ता ?

हे भगवान ! के गरिसेकोे यस्तो हजुरले ?
सिङ्गापुरे आमाको कोखाँ ली क्वान दिने
मलेसियन आमाको कोखाँ महाथिर दिने
अनि हाम्री आमा कोखाँ चाहिँ यस्ता विर विर दिने ?
कोही बिहान दक्षिणका कुरा गर्ने साँझ उत्तर छिर्दिने
कोही एउटासँग इङ्गेजमेन्ट गर्ने भोलिपल्टै अर्कोसँग हिँड्दिने ।

अरु देशलाई नेता दिने
हाम्रो देशलाई सर्प भ्याकुता दिने
यो कस्तो भेदभाब !
हैन हाम्रा आमाहरूले के गरेकाथे त्यस्तो महापाप ?

उताको आमाको कोखाँ हाती, चितुवा, बाघ दिने
हाम्रो आमाको कोखाँ चाहिँ हुट्टीट्याउँ र काग दिने ?
हामीलाई छिमेकीले, पर परकाले त हेपे हेपे
हजुर सृष्टिकर्ता भइकन पनि हेप्ने ?
यस्तो घोर अन्याय कहिलेसम्म खेप्ने ?
भारतलाई मोदी दिने, चाइनालाई सि दिने
अनि हामीलाई चाहिँ हेपेर यी दिने ?
हेपाइ पनि त हद हुन्छ गाँठे !
हैन, तिनका बाले के खा थे त्यस्ता पुत्र दिने
अनि यिनका बाले के खाएनन् र यस्ता कुपुत्र दिने ?
यो त हदै भो प्रभु !
मिल्छ भने भएकालाई सच्चाई देऊ
मिल्दैन भने फिर्ता लगेर त्यतै कुच्च्याई देऊ ।

०००
घट्टेकुलो, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x