साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुत्ता

अब दृश्य परिवर्तन हुन्छ कृपया ध्यान दिनोस् कविताका मेरा प्रिय पाठकहरू ! हाम्रो शिरमाथि चढेर एक जोर कालो जुत्ता घोषणा गर्दै छ सगर्व- देशवासीहरू हो हामीले कसम पूरा गरेका छौं यो देशलाई पूरै बदलेका छौं ।

Nepal Telecom ad

देशलाई बदल्छु भनेर
कसम खानेहरूले
एकाएक बदलेका छन् आफ्ना जुत्ता

जुत्ताको रङ छ कालो
विश्वासघातको रङ पनि
कालो नै हुन्छ
र काला रातहरूमा
उत्सव मनाउँछन्
दलाल, पाखण्डी, भाट,
बेइमान र जुवाडेहरू

दुष्ट जादुगरले
उचाल्यो चमत्कारी लट्ठी
घुमायो वायुमण्डलमा
र हामीले हेर्दाहेर्दै गायब भयो
यो देशको शरीरबाट
सबभन्दा नरम छाला
त्यसपछि सफल षड्यन्त्रकारी
र त्यसका अनुचरहरूले लगाए
त्यही छालाबाट निर्मित
जुत्ता

हिजोआज जताततै
काला जुत्ताहरूले कुल्चिरहेका छन्
पहाड, उपत्यका र तराईको करङ
यही करङलाई भर्‍याङ बनाएर
पुगेका छन् जुत्ताधारीहरू
सबभन्दा माथिल्लो तलामा

एउटा विशाल कक्षमा
सजाएर राखिएको छ स्वर्णासन
जसको दुवैतिर तैनाथ छन्
हिंस्रक वनमानुषहरू
बन्दुक र बर्दीमा

अब दृश्य परिवर्तन हुन्छ
कृपया ध्यान दिनोस्
कविताका मेरा प्रिय पाठकहरू !

हाम्रो शिरमाथि चढेर
एक जोर कालो जुत्ता
घोषणा गर्दै छ सगर्व-
देशवासीहरू हो
हामीले कसम पूरा गरेका छौं
यो देशलाई पूरै बदलेका छौं ।

०००
‘एउटा बाहुला नभएको बुसर्ट’ (२०६७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
0
Would love your thoughts, please comment.x
()
x