साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यिक चौतारीको ९ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

केन्द्रीय अध्यक्ष गीता भण्डारीको अध्यक्षता तथा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

Nepal Telecom ad

काठमाण्डौँ, फागुन २७, २०७९ । नेपाली साहित्यको विकास र विस्तारसँगै सामाजिक कार्यमा समेत क्रियाशील संस्था साहित्यिक चौतारी नेपालको ९ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष गीता भण्डारीको अध्यक्षता तथा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा साहित्यिक चौतारी नेपालले प्रत्येक वर्ष प्रकाशन गर्दै आएको चौतारी मुखपत्र अङ्क ५ सँगै चौतारीकी इजरायल शाखा सदस्य तथा साहित्यिक चौतारी नेपालका आजीवन सदस्य सिन्धु पौडेलको कृति ‘मृतसागरको उचाइबाट’ एकैसाथ विमोचन गरिएको छ । वार्षिकोत्सवका अवसरमा चौतारीका ३५ वटा शाखाहरूमध्ये उत्कृष्ट शाखाका रूपमा जापान शाखा र भारत शाखालाई सम्मान गरिएको छ भने साहित्यिक चौतारीका संस्थापक केन्द्रीय उपाध्यक्ष शुभद्रा घिमिरेलाई समेत सम्मान गरिएको छ । कार्यक्रममा ६ जनालाई साहित्यिक चौतारी नेपालद्वारा आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा साहित्यिक चौतारी नेपालका ७ वटा शाखाका प्रतिनिधि क्रमशः कोशी प्रदेश शाखाका श्यामकुमार श्रेष्ठ, मधेश प्रदेश शाखाबाट यामुना प्रधानाङ, गण्डकी प्रदेश शाखाबाट शोभा खनाल कोइराला, वाग्मती शाखा अध्यक्ष समा श्री, प्रतिनिधि कल्पना भट्टराई, लुम्बिनी प्रदेश शाखा सल्लाहकार वसन्त वली वसन्ती, वन्दना भट्टराई, कणर्ाली प्रदेश शाखा सचिव मनोज परियार र सुदूरपश्चिम प्रदेश शाखा प्रतिनिधि उमेश अवस्थी ‘आदर्शले रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न साहित्यिक संस्थाहरूका प्रतिनिधिहरूले समेत रचना वाचन गर्नुभएको थियो । रचना वाचन गर्नेहरूमा मुना समूह अध्यक्ष बालकुमार क्षेत्री, विश्व नेपाली साहित्य महासंघकाका केन्द्रीय कोषाध्यक्ष के.बी पौडेल, मधुवन गोधूलिको साथी अध्यक्ष गणेश बाबू अधिकारी लगायतका हुनुहुन्थ्यो ।

साहित्यिक चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सरू बस्नेतको स्वागत कविताबाट सुुरु भएको कार्यक्रममा महानगरीय प्रहरी वृत दरवार मार्ग प्रहरी प्रमुख कोपिला चुडाल, नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी, साहित्यिक चौतारीका संस्थापक केन्द्रीय उपाध्यक्ष शुभद्रा घिमिरे, समालोचक तथा त्रिभुवन विश्वविधालयका उपप्राध्यापक निमग्ना घिमिरे, नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सदस्य डा.भागवत आचार्य, चौतारीका वरिष्ठ सल्लाहकार डा.देवी नेपाल लगायतले बोल्नुभएको थियो ।

साहित्यिक चौतारी नेपालका संस्थापक केन्द्रीय अध्यक्ष सन्दीप संग्रौला ‘दिलदुखी’ले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सञ्चालन साहित्यिक चौतारी नेपालका केन्द्रीय महासचिव रामप्रसाद सुवेदी संगमले गर्नुभएको थियो । कार्यक्रममा रचना वाचन गर्ने ७ वटै प्रदेश शाखाका प्रतिनिधि तथा अन्य साहित्यिक संस्थाका प्रतिनिधि वाचकहरूलाई कदरपत्र समेत प्रदान गरिएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x