डा. छायादत्त न्यौपाने ‘बगर’साइनोका पाँच फाँकी
काँडा छिमल्ने कुरा, खल्ती भर्ने व्यवहार, जनता ढाँट्ने कारोबार ?
१.
काँडा छिमल्ने कुरा
खल्ती भर्ने व्यवहार
जनता ढाँट्ने कारोबार ?
२.
जनहितमा जारी
छिमेकीको तरकारी
नीति-नियम सरकारी ?
३.
कति बन्ने खेलौना ?
कहिले बोल्ने उत्साह ?
भइरहने निर्देशित ?
४.
बोकौं है मुङ्राहरू
ठटाउनु छ अँध्यारो
ढिला भो ब्युँझ न उज्यालो !
५.
काँड छिमल्ने कुरा
खल्ती भर्ने व्यवहार
जनता ढाँट्ने कारोबार ?
०००
पर्वत, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































