देवीप्रसाद मिश्रबुढ्यौली काव्य (शृङ्खला- ११)
चिन्ताका भार त्यस्तै कहर रहर वा कल्पना छन् उदात्त यस्तैले वृद्ध बन्छौँ दिनपल नपुगी भन्छ देवीप्रसाद !!

(चाँडै लाग्ने बुढ्यौलीका बारेमा यसो भन्छ देवीप्रसाद)
टड्कारो यो रहेको विचलित मनको राष्ट्रका आँगनीको
जिज्ञासा जो बुबाको,जनमन सबका चित्तमा खट्किएको
यस्तै भन्दै बुझायो कविजन मनले भावना सभ्य नाद!
हेर्दै खोज्दै बुढ्यौली कथन परिधिमा डुब्छ देवीप्रसाद !!
(५१)
धेरैखाले व्यथाका असर कसरमा लाग्न सक्छन् बुढ्याइँ .
खाना दाना र नाना श्रम कठिनसँगै स्वस्थ्यताका बुढ्याइँ
अर्को साथै छ गाह्रो गरिबपन हुँदा स्रोत खोज्ने फसाद
हुन् हाम्रा वृद्धताका जड विकट यिनै भन्छ देवीप्रसाद !!
(५२)
मान्छे जन्मेर आयो भुवनबिच यहाँ जीवनी हो अमोल
साथैमा छन् समस्या अपुग छ धनको चिन्न सक्दैन मोल
खानामा ख्याल गर्ने समय समयमा स्वास्थ सम्बन्ध दक्ष
भेट्दा सल्लाह दिन्छन् अनुभव मनका भन्छ देवीप्रसाद!!
(५३)
जस्तो खाद्यान्न भेट्यो अघि बलरहँदा क्वाप्प खायो पचायो
साठी काट्यो उता त्यो विषसरह हुँदै जीवनी डस्न थाल्यो
चिन्ताका भार त्यस्तै कहर रहर वा कल्पना छन् उदात्त
यस्तैले वृद्ध बन्छौँ दिनपल नपुगी भन्छ देवीप्रसाद !!
(५४)
आफ्ना जो नित्य झुल्ने विषय परिथिमा खर्च गर्छौँ नराम्रो
बानी यो स्वास्थ जाच्ने समय समयमा गर्न सक्दौँन राम्रो
ल्याएको जो बुढ्यौली समय परिधिले छैन केही विवाद
चाँडै झुल्ने बुढ्यौली अति कहर हुने ठान्छ देवीप्रसाद !!
(५५)
(क्रमशः)
०००
२०७९/१०/१०
ताप्लेजुङ, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































