साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यता र उता

पुरानु सत्र पल्टियो थपेर एक बल्झियो, लडेर सत्र पल्टिने पुग्यो शिरान मा- कुरो, जहाँ सधैं महेश छन् विशिष्ट नृत्यपुङ्गव वहाँ, अनेक भक्त छन् सिपालु नाच्न ताण्डव ।

Nepal Telecom ad

यता थिए उता सरे, उता हुँदा यता सरे
पछारिए, उठे मने जसो सके उसै गरे
छ दाउ खान मात्रको जता सरेर मिल्छ जे
बुझेर झट्ट दौडिए भँडार जे जता छ रे ।

उता हुने यता सरे कुनै चढे कुनै झरे
झरे सबै अभाग्यवान् अनित्य दाउका परे
झिनासिना उसै बढे नगण्य भाउका चढे
लडे भने हिजो हुने प्रसिद्ध टाउका लडे ।

कुनै छ किन्न तत्पर,कुनै छ बिक्न आतुर
बजारझैं छ दासको अपूर्व दृश्य दुर्दुर
छ भाउवाल दाउमा कमाउँला,जमाउँला
जमाउनै अभीष्ट हो जरो दह्रो समाउला ।

विशेष देशमा सधैं विशेष पात्र आउँछन्
विशेष पात्रका प्रपौत्रसम्म मान पाउँछन्
यता छँदैछ दासको सुदास दासमण्डल
छ तम्तयार चाकडी तयार यार चम्मच ।

भने भनोस् न लोकले निकृष्ट,दुष्ट वञ्चक
विदेशको गुुुलाम वा परम्परा विनाशक
सहीरहे हुनेछ नै विशिष्ट लाभदायक
कहाँ उसै त जुर्छ रे विशिष्टता, विधायक ?

अनेक दुुःख झेलियो नुुुहेर हात जोडियो
जमीन सम्पदाहरू लिलाम मूल्य बेचियो
कतै तिरेर लागियो कतै छिरेर भागियो
टुपी बिक्यो, उपायहीन भै स्वयं बिकाइयो ।

पसेर विक्रिकक्षमा शरीर यो सजाइयो
दलालले खसीसमान गाथ सुम्सुम्याइयो
कुनै दलाल लाल छन् कुनै कराल काल छन्
स्वरूप, वृत्ति जे रहोस् मनग्य मालवाल छन् ।

पुरानु सत्र पल्टियो थपेर एक बल्झियो
लडेर सत्र पल्टिने पुग्यो शिरान मा- कुरो
जहाँ सधैं महेश छन् विशिष्ट नृत्यपुङ्गव
वहाँ अनेक भक्त छन् सिपालु नाच्न ताण्डव ।

०००
इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झोले

झोले

खोलाघरे साहिँलोे
आयो वर्ष नयाँ

आयो वर्ष नयाँ

खोलाघरे साहिँलोे
जुनी घर्किने भाे

जुनी घर्किने भाे

खोलाघरे साहिँलोे
भार्या भागवत

भार्या भागवत

खोलाघरे साहिँलोे
यता र उता

यता र उता

खोलाघरे साहिँलोे
हे कर्मठ युवा !

हे कर्मठ युवा !

खोलाघरे साहिँलोे
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x