साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाटीकुटी

छोरा छोरीको लागि हीरा फोरिएनछ पूर्व जन्ममा खुर्सानी चोर्दै चोरिएनछ यस जुनीको जागिर त आफूलाई मात्र भयो नातिलाई पुने गरी केही जोर्दै जोरिएनछ ।

Nepal Telecom ad

१.
घरको धुरीमा चील बस्यो
दैलाबाटै भित्र सर्प पस्यो
के अशुभ हुन्छ ममा लौन !
हातैको लड्डु भुइँमा खस्यो ।

२.
उत्तर सिरान गरेर सुत्न पुगेछु
निन्द्रा नपुग्दै उठ्न पुगेछु
गर्न हुँदैन भनेर जान्दा जान्दै
आफैले कालो तील भुट्न पुगेछु ।

३.
घर अगाडि काग पनि कराएको छ
केराको पात झण्डा जस्तै फर्फराएको छ
खै नेता नै पाहुना लग्ने हुन्की आज ?
बिहानै चुल्होमा आगो भर्भराएको छ ।

४. छोरा छोरीको लागि हीरा फोरिएनछ
पूर्व जन्ममा खुर्सानी चोर्दै चोरिएनछ
यस जुनीको जागिर त आफूलाई मात्र भयो
नातिलाई पुने गरी केही जोर्दै जोरिएनछ ।

५. पिँढीमा बोझ बिसाएर तल झरेकै छैन
शरीरले अझै खुट्टाको भर परेकै छैन
भारीबाट नाम्लो उतारिन क्यारे मैले ?
तब न थकाई मर्दै मरेको छैन ।

०००
पोखरा- १०, हाल संयुक्त राज्य अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज अधिकारी
दिल दुखाई सकेपछि

दिल दुखाई सकेपछि

तीर्थराज अधिकारी
तीन शीर्षकमा तीन ठाेकान

तीन शीर्षकमा तीन ठाेकान

तीर्थराज अधिकारी
तीन थरी मुक्तक

तीन थरी मुक्तक

तीर्थराज अधिकारी
तिक्त अनुभूति

तिक्त अनुभूति

तीर्थराज अधिकारी
गुदी

गुदी

तीर्थराज अधिकारी
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x