साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही टुक्रे क्षणहरू

“ए तपाईँलाई आराम छ त भाइ ?” “अहिलेसम्म त एकदम ठीक छु ।” उनले सुती सुती भने । “हिजो आज घन्टी बजेको नसुनेर के छ भन्न आएको ।” मैले पनि भ्रमणको उद्देश्य सुनाएँ । “हेर्नुस् न यसको रालो त कसले लग्यो लग्यो ।” उनले रालो नभएको घन्टी देखाए ।

Nepal Telecom ad

१.
राजनीतिको नाम सुन्दा पनि नाक थुन्ने काकाले हिजो बिहान एउटा पार्टीको सदस्यता लिने घोषणा गर्नुभयो । चकित पर्नु त स्वभाविकै भयो । कारण सोधेँ उहाँले भन्नुभयो “सदस्यता लिएमा मलाई पर ज्ञा परतिष्ठानमा नियुक्ति गर्ने अरे ।”

“हजुरले त्यहाँ काम गर्न सक्नुहुन्छ त ?” मैले पनि प्याच्च सोधिहालेँ । उहाँ मुसकुराउनुभयो र भन्नुभयो त्यहाँ पुगेर खासै केही गर्नुपर्ने रहेनछ । अलि अलि भाषा बिगार्ने काम हो त्यो यसअघि नै शुरु भइसकेको छ अब त्यसमै निरन्तरता दिने न हो ।

२.
एकजना भाइ कवि बिहानै आइपुगे । उनले सासै नफेरी भने “लौ न, यो मेरो कवितालाई कविताजस्तो बनाइदिनुपर्‍यो ।”

“हैन किन यस्तो हतार भयो ?” मैले सोधेँ । उनी मुसुक्क हाँसे र भने “कान यता ल्याउनुस् त ।”
मैले उनी भएतिर कान पुर्‍याएँ ।

“मलाई सशक्त काव्य लेखन पुरस्कार दिने कार्यक्रम बनेको छ । त्यहाँ एउटा कविता सुनाउन त अवश्य लगाउँछन् । तयारी गर्नुपरेन त ?”

३.
मेरा एकजना छिमेकी निकै फुर्तिला थिए । उनी बिहान दिउँसो बेलुकी नै घन्टी बजाउँथे । त्यतिबेला मैले कारण सोध्दा उनी भन्थे “म यो इलाकाबाट भूत, प्रेत, मसान सबलाई सखाप पारेर शान्ति कायम गराउन चाहन्छु ।”

केही दिन भयो अचेल त तीन पटक त के कुरा बिहान एकपटक पनि घन्टी बजाउन छोडे । मलाई उनको चिन्ता भयो । कतै बिरामी त परेनन् ? म उनकै घरमा गएँ । उनले बजाउने गरेको घन्टी त पल्टिरहेको थियो ।

“ए तपाईँलाई आराम छ त भाइ ?”
“अहिलेसम्म त एकदम ठीक छु ।” उनले सुती सुती भने ।
“हिजो आज घन्टी बजेको नसुनेर के छ भन्न आएको ।” मैले पनि भ्रमणको उद्देश्य सुनाएँ ।
“हेर्नुस् न यसको रालो त कसले लग्यो लग्यो ।” उनले रालो नभएको घन्टी देखाए ।

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खुट्टा तान्नु

खुट्टा तान्नु

आर.सी. रिजाल
व्यवस्था

व्यवस्था

फित्काैली डटकम
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
डाढो

डाढो

भैरव अर्याल
बक्रेश्वरको ठूलो घंट : सरकारको अन्ट सन्ट

बक्रेश्वरको ठूलो घंट :...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x