साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोलीको मूल्य

राजा फाल्नु थियो गयो अब भयो राजा नयाँ मैँ त हुँ मर्ने हुन् घुन धान चामल पिसे कोदो पिसौँ या गहुँ ।

Nepal Telecom ad

गाह्रो काम फिटिक्क छैन मुखले बोल्दै नबोल्दा भयो
गाह्रो काम फिटिक्क छैन दुइटै आँखा नखोल्दा भयो
गाह्रो काम फिटिक्क छैन करले ताली बजाइस् भने
तेरो वृत्ति विकास हुन्छ क्षणमै नेता रिझाइस् भने !!

भन्छस् रे ‘म छु सत्यको पथ भनी’ छोई जनै कन्दनी
भन्छस् रे पथभ्रष्ट झैँ छ अगुवा मेरै विरोधी बनी
मान्छेमा भ्रम सिर्जिएर मसँगै खोजी निऊँ आउँछस् ?
तेरा कान समात्न लाउँछु बुझिस् दुख्दा पता पाउँछस् !!

मेरा हाकिमको प्रशंसक बनी मात्रै यता आउलास्
निन्दा धेर गरिस् भने मुख थुनी लात्ती तँ भेट्टाउलास्
तेरो काम छ मात्र बोल्नु मनमा कोही नसुन्ने गरी
बोलिस् उग्र भने निमेष भरमै रोलास् बसी धर्धरी !!

तेरा लागि हिजो गरेर बहुतै सङ्घर्ष मैदानमा
ल्याएँ यो गणतन्त्र पूणर् सपना पारेर नेपालमा
गर्छस् आज विरोध उग्र यसरी बेमेलको भेलमा
बोल्छस् नै यदि ता तयार रहनू जाने छिटै जेलमा !!

राजा फाल्नु थियो गयो अब भयो राजा नयाँ मैँ त हुँ
मर्ने हुन् घुन धान चामल पिसे कोदो पिसौँ या गहुँ
के मर्छस् घुनझैँ नबोल् अब कतै सम्मान मेरो गरी
इच्छा चाह सबै म पूर्ण गरुँला इच्छा भनेस् सुस्तरी !!

०००
मेचीनगर न.पा., झापा
हालः अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध जो निवासमा…

वृद्ध जो निवासमा…

दुष्यन्त भट्टराई
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

दुष्यन्त भट्टराई
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
वृद्ध म भएँ

वृद्ध म भएँ

दुष्यन्त भट्टराई
सन्तान आफ्ना बिग्रिँदा

सन्तान आफ्ना बिग्रिँदा

दुष्यन्त भट्टराई
पशुपति बाबा देश बचाऊ

पशुपति बाबा देश बचाऊ

दुष्यन्त भट्टराई
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x