साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रश्न

जो षड्यन्त्रका शृङ्खला सहँदा सहँदै सामाजिक, मानसिक र सामाजिक स्वास्थ्य सबै सधैंका लागि गुमाएर निभेको आगो बनेर बाँचिरहेंं....

Nepal Telecom ad

भयङ्कर षड्यन्त्रको सिकार भएर पनि
असह्य यातनाको कठोर पीडा सहेर पनि
सारा इन्द्रजालको प्रत्यक्षदर्शी भएर पनि
जो आवाजविहीन मूर्ति भएर
चुपचाप बाँच्न विवश छन्
सारा कुरा थाहा पाएर पनि
जो अनभिज्ञझैं बनेर
एकान्तमा रुन विवश छन्
जो आफन्तबाटै पीडित भएर पनि
आफन्तलाई नै विश्वास गर्न अभिशप्त छन्
जो हजारौं हिंसा सहेर पनि
रुन्चे हाँसो हाँस्न विवश छन्
तिनको कथा लेखिदिने
कोही लेखक छ ?

जो षड्यन्त्रका शृङ्खला सहँदा सहँदै
सामाजिक, मानसिक र सामाजिक स्वास्थ्य
सबै सधैंका लागि गुमाएर
निभेको आगो बनेर बाँचिरहे
जो हमेशा भगवान पुकार्दै
आफ्नो लुटिएको भाग्य जाँचिरहे
तिनको व्यथा लेखिदिने
कोही पत्रकार छ ?

हो, धैर्यको बाँध फुटेपछि
षड्यन्त्रको पर्दाफाँस गरिनु पर्छ
यातनाको चिरफार गरिनु पर्छ ।

०००
२०७९/१२/२०
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पछुताे

पछुताे

नवराज न्याैपाने माैन
तपाईंको बाउको के जान्छ ?

तपाईंको बाउको के जान्छ...

नवराज न्याैपाने माैन
खाइ खाइ विकास गराैँ

खाइ खाइ विकास गराैँ

नवराज न्याैपाने माैन
साँच्चै हाे कि हैन साथी ?

साँच्चै हाे कि हैन...

नवराज न्याैपाने माैन
खाई खाई विकास गरौँ !

खाई खाई विकास गरौँ...

नवराज न्याैपाने माैन
चार ठोक्तक

चार ठोक्तक

नवराज न्याैपाने माैन
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
0
Would love your thoughts, please comment.x
()
x