साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बयालिसौँ कथा दिवस सम्पन्न

कथा दिवसको अवसरमा “मैनालीका कथामा पूर्वीय आदर्श चेतना” विषयमा शोध गर्नु भएका डा. घनश्याम पुडासैनीलाई “मैनाली कथा सम्मान” प्रदान गरियो ।

Nepal Telecom ad

काठमाडौं, २०७९ चैत १९ । स्वर्ण महोत्सव मनारहेको साहित्यिक पत्रकार संघले ४२ औं कथा दिवस मनायो । कथा दिवसको अवसरमा “मैनालीका कथामा पूर्वीय आदर्श चेतना” विषयमा शोध गर्नु भएका डा. घनश्याम पुडासैनीलाई “मैनाली कथा सम्मान” प्रदान गरियो ।

यसैगरी संघका आजीवन सदस्य सांसद रेखा थापालाई सांसद हुनु भएकोमा बधाई तथा शुभकामना पनि प्रदान गरियो । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा सम्मानित पुडासैनी र र यादवलाई कार्यक्रमका प्रमुख अतिथि कथाकार हिरण्यकुमारी पाठकले सम्मान गर्नु भएको हो ।

अनामनगरस्थित डालो रेष्टुरेन्टमा सम्पन भएको सो कार्यक्रममा कथाकारहरू श्रीओम श्रेष्ठ ‘रोदन’, विमल भौकाजी, तुलसीहरि कोइराला, हरि थापा (अमेरिका), निर्मलरमण पराजुली, ममता मृदुल, नरेन्दबहादुर श्रेष्ठ, हिरण्यकुमारी पाठकलगायतले आआफ्नो लघुकथा वाचन गर्नु भएको थियो ।

कवि यादव भट्टराईले संचालन गर्नु भएको सो कार्यक्रममा वरिष्ठ आख्यानकार पद्यावती सिंहले स्वागत र डा. दामोदर पुडासैनीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि पाठक, अध्यक्ष लेकाली, सम्मानित पुडासैनी, सांसद यादवलगायतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा साहित्यकारहरु प्राडा. गोविन्दमान सिंह कार्की, रमेश श्रेष्ठ (पोखरा), नीता श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कथाकार गुरुप्रसाद मैनाली र कथा दिवसबारे चर्चा गरिएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x