साइबर अपराध सम्बन्धी सचेतना सामग्री

च्यातिएका सडकहरू

संस्कृति र सभ्यतासँगै नौलो पहिचानका लागि धुजाधुजा भई च्यातिएका छन् तर पनि साँढेहरू रजाइँ गरिरहेका छन् यिनै च्यातिएका सडकहरूमा !

Nepal Telecom ad

असरल्ल बिस्कुन सुकाएर
ठमठमी हिँडिरहने हिजोका बुख्याँचाहरू
आज गल्लीगल्लीमा लम्पसार परिरहेका छन्
डबलीहरू डबकाबाट माथि उठेर
पेगसँग सभ्यता साट्तै
आलिसान महलमा ओथारो बसेका छन्
न्यु रोडबाट च्यातिएका सडकहरू
ठेकेदारसँग लम्पसारिँदै बुट्यानहरू उप्काउन
घर बलेँसी भत्काउँदै डाँडाकाँडा भोट माग्न
चाउचाउका प्याकेटसँगै रोटी साटिरहेछन्
जडीबुटी ओसारेर ट्याब्लेटसँग मितेरी गाँस्तै
होमस्टेका नाममा पर्यटकहरू गरिबीसँग स्वाद साटिरहेछन्
बालबनिताहरू च्यातिएका सडकहरूबाट एकत्रित हुँदै
भिजिट भिसा लिएर विश्व सफर गरिरहेछन्
मरिरहेका स्थानीय सिपहरू राजमार्ग हुँदै
पसिना बगाई रित्याइरहेछन् र
सपनाको उडान भर्दाभर्दै कफिनमा लाम लागेका छन्
बग्रेल्ती गोरेटा, घोडेटाहरू डोजरले क्षत विक्षत पार्दा
कौमार्य हराएर सडकहरू बलात्कृत भएका छन्
त्यसैले त मेरो गाउँ न गाउँजस्तो छ न सहरजस्तो
अप्ठेरोमा फलेका फर्सीजस्ता मेरा गाउँका सडकहरू
संस्कृति र सभ्यतासँगै नौलो पहिचानका लागि
धुजाधुजा भई च्यातिएका छन् तर पनि
साँढेहरू रजाइँ गरिरहेका छन्
यिनै च्यातिएका सडकहरूमा !

०००
२०८० साल वैशाख ४
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सरकारमा उजुरी

सरकारमा उजुरी

सूर्य चापागाईं
हबिगत

हबिगत

ईश्वर पाेखरेल
दुष्ट गाथा

दुष्ट गाथा

श्यामल अधिकारी
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
स्वागत तालिले गरौँ

स्वागत तालिले गरौँ

रामप्रसाद अर्याल ‘अविराम’
0
Would love your thoughts, please comment.x
()
x