साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आज यो राष्ट्रका बिग्रिए मानव

सानका मानका खेलमा लिप्त छन् । पापका लोभका काण्डमा व्यस्त छन् ॥ देशको कोषको ठग्दछन् जो जब । आज यो राष्ट्रका बिग्रिए मानव ॥

Nepal Telecom ad

चर्कियो देशमा निम्नका वेदना ।
देशको भक्तिको गर्छ को वन्दना ?॥
कल्पना योजना भत्कियो जो सब ।
आज यो राष्ट्रका बिग्रिए मानव ॥-१

शान्तिको बागमा धूर्तको राज भो ।
वीरका रक्तको अर्चना व्यर्थ भो ॥
भोकले रोगले खस्कियो पौरख ।
आज यो राष्ट्रका बिग्रिए मानव ॥-२

छन् यहाँ भ्रष्टका कल्पना योजना ।
देश यो चम्कने गर्छ को सिर्जना ?॥
जुट्दछन् लुट्दछन् मान्दछन् उत्सव ।
आज यो राष्ट्रका बिग्रिए मानव ॥-३

विज्ञको सभ्यको तर्कना सुन्छ को ?।
देश यो लम्कने मार्गमा लाग्छ को ?॥
दुष्टका कर्मले दिक्क छन् उद्धव ।
आज यो राष्ट्रका बिग्रिए मानव ॥-४

स्वार्थले लोभले लम्किए मानिस ।
मित्रता झाँगिने गर्छ को कोशिस ?॥
सत्रुता धृष्टता फैलिने भो अब ।
आज यो राष्ट्रका बिग्रिए मानव ॥-५

बृद्ध बा मातृका भावना बुझ्छ को ?।
साधुका जीणर्का वेदना सुन्छ को ?॥
जेष्ठका देनको गर्छ को गौरव ?।
आज यो राष्ट्रका बिग्रिए मानव ॥-६

सानका मानका खेलमा लिप्त छन् ।
पापका लोभका काण्डमा व्यस्त छन् ॥
देशको कोषको ठग्दछन् जो जब ।
आज यो राष्ट्रका बिग्रिए मानव ॥-७

०००
बट्टार, नुवाकोट
हालः बालाजु, काठमाडौं
२०७९/१२/२८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
0
Would love your thoughts, please comment.x
()
x