देवीप्रसाद मिश्रवृद्धवृद्धाका समस्याको समाधान कहिले ?
टाढा छन् मुटुका अशेष जति यी छैनन् सफा भावना, आआफ्नै दिल सोचमा रुमलिँदा देखिन्न सद्भावना, जुट्दैनन् सँगमा छ मात्र दिलमा सम्पत्तिको अड्कल, आशाका मुजुरा सबै हृदयका बन्दै गए कम्सल !!७५!!

(काव्य शृङ्खला- १५)
भाग्यो आज उषा कता नयन छन् देखिन्न नैसर्गिकी !
गर्दा नित्य विवेचना अब यता सद्भाव भेटिन्न कि ?
राम्रो झुल्छ पला सजिन्छ गमला भन्ने थियो अड्कल !
आशाका मुजुरा सबै हृदयका बन्दै गए कम्सल !!७१!!
खोज्छन् सार्थक बात मार्नसँगमा आई हितैषीजन !
सुन्दैनन् यिन कणर्ले सहजमा यस्तै छ यो जीवन !!
दिन्छन् साथ बढेर सन्ततिहरू भन्ने थियो अड्कल !
आशाका मुजुरा सबै हृदयका बन्दै गए कम्सल !!७२!!
काँप्दै थर्थर हिँड्नुपर्छ जहिल्यै लौरो सहारा भयो !
खानामा रुचि हुन्न सोध्छ कसले बाबा मुमा के भयो ?!!
छायांले पनि खेद्छझैँ डर हुने गुम्दा सफा सक्कल !
आशाका मुजुरा सबै हृदयका बन्दै गए कम्सल !!७३!!
हाल्यो यो मधुमेहले पनि अझै डेरा सदा देहमा !
राम्रो पौष्टिक खाद्य खान नहुने बस्दा सदा गेहमा !!
छाला चाहुरियो थिए रहरिला गाला भए ओखल !
आशाका मुजुरा सबै हृदयका बन्दै गए कम्सल !!७४!!
टाढा छन् मुटुका अशेष जति यी छैनन् सफा भावना
आआफ्नै दिल सोचमा रुमलिँदा देखिन्न सद्भावना
जुट्दैनन् सँगमा छ मात्र दिलमा सम्पत्तिको अड्कल
आशाका मुजुरा सबै हृदयका बन्दै गए कम्सल !!७५!!
(क्रमशः)
०००
२०८०/१/५/
ताप्लेजुङ, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































