साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धवृद्धाका समस्याको समाधान कहिले ?

टाढा छन् मुटुका अशेष जति यी छैनन् सफा भावना, आआफ्नै दिल सोचमा रुमलिँदा देखिन्न सद्भावना, जुट्दैनन् सँगमा छ मात्र दिलमा सम्पत्तिको अड्कल, आशाका मुजुरा सबै हृदयका बन्दै गए कम्सल !!७५!!

Nepal Telecom ad

(काव्य शृङ्खला- १५)

भाग्यो आज उषा कता नयन छन् देखिन्न नैसर्गिकी !
गर्दा नित्य विवेचना अब यता सद्भाव भेटिन्न कि ?
राम्रो झुल्छ पला सजिन्छ गमला भन्ने थियो अड्कल !
आशाका मुजुरा सबै हृदयका बन्दै गए कम्सल !!७१!!

खोज्छन् सार्थक बात मार्नसँगमा आई हितैषीजन !
सुन्दैनन् यिन कणर्ले सहजमा यस्तै छ यो जीवन !!
दिन्छन् साथ बढेर सन्ततिहरू भन्ने थियो अड्कल !
आशाका मुजुरा सबै हृदयका बन्दै गए कम्सल !!७२!!

काँप्दै थर्थर हिँड्नुपर्छ जहिल्यै लौरो सहारा भयो !
खानामा रुचि हुन्न सोध्छ कसले बाबा मुमा के भयो ?!!
छायांले पनि खेद्छझैँ डर हुने गुम्दा सफा सक्कल !
आशाका मुजुरा सबै हृदयका बन्दै गए कम्सल !!७३!!

हाल्यो यो मधुमेहले पनि अझै डेरा सदा देहमा !
राम्रो पौष्टिक खाद्य खान नहुने बस्दा सदा गेहमा !!
छाला चाहुरियो थिए रहरिला गाला भए ओखल !
आशाका मुजुरा सबै हृदयका बन्दै गए कम्सल !!७४!!

टाढा छन् मुटुका अशेष जति यी छैनन् सफा भावना
आआफ्नै दिल सोचमा रुमलिँदा देखिन्न सद्भावना
जुट्दैनन् सँगमा छ मात्र दिलमा सम्पत्तिको अड्कल
आशाका मुजुरा सबै हृदयका बन्दै गए कम्सल !!७५!!

(क्रमशः)

०००
२०८०/१/५/
ताप्लेजुङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
बुबामुमा हृदयका सर्वाेच्च आधार हुन्

बुबामुमा हृदयका सर्वाेच्च आधार...

ढकाल शिखरनाथ बेलकाेटे
पाकाहरूबाट सिकाैँ (७)

पाकाहरूबाट सिकाैँ (७)

घनश्याम रेग्मी
साथी बनोस् समाज

साथी बनोस् समाज

अनन्तकुमार बस्नेत
आधार ज्येष्ठको होस्

आधार ज्येष्ठको होस्

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x