साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बकपत्र

मौका छोपेर एकहुल बांदरहरू पसेर मेरो बाली सखाप पारेको र, तिनैले मलाई आज यसरी सडकमा झारेको हो । हो श्रीमान्, तिनैले मलाई आज यसरी सडकमा झारेको हो ।

Nepal Telecom ad

मीनप्रसाद लामिछाने

यतिबेला म समयको कठघरामा
उभिएर बयान दिइरहेको छु
म जे बोल्छु, साँचो साँचो बोल्छु
साँचो बाहेक केही पनि बोल्दिन ।

हो श्रीमान्,
मैले बिगारेको हो यो देश
मेरै उत्पादन हुन् यी भ्रष्टाचारीहरू
मैले आफ्ना क्षणिक स्वार्थलाई सर्वश्व ठानेको
र भोट हाल्नु अघि नेताको नैतिकता नजाँचेकै हो

हो श्रीमान्,
मान्छे भएर मैले विवेक प्रयोग गर्नु पथ्र्यो, गरिन
मैले आफ्ना बेईमान नेतालाई भगवान मानेको
र, तिनकै निर्देशनमा विपक्षीलाई ढुङ्गा हानेकै हो

हो श्रीमान्
खै किन म यति धेरै अन्धो बने आफैलाई थाह छैन
म यी भ्रष्ट र बेइमान नेताहरूको हनुमान बनेको
र, आँखा चिम्लेर मैले यिनका गोबरलाई गुँदपाक
भनेकै हो

हो श्रीमान्,
नेताले कहिले कसिलो हात मिलायो,
कहिले पिठ्युँमा धाप मारेर आत्मियता जनायो
भनेर मख्ख पर्दै म बसें
मौका छोपेर ऊ शहर पस्यो, अवसरका ढोका उघार्‍यो
र, हेर्दाहेर्दै उसले ससुराली पट्टिका सात पुस्ता र
मावली पट्टिका नौ पुस्ता सुधार्‍यो

हो श्रीमान्,
हेर्नोस् त मेरो घाँटीमा निलडाम अझै छ
म दलका नीति, सिद्धान्त र आदर्शले बाँधिएर
घाइते भएको
र, मेरो नेताले त्यसैमा टेकेर भोग बिलास र
ऐश्वर्यको यात्रा तय गरेकै हो ।

हो श्रीमान्,
म स्याललाई लखेटेर बाली सुरक्षित भयो अब
भन्दै मस्त सुर्तें
मौका छोपेर एकहुल बांदरहरू पसेर मेरो बाली
सखाप पारेको
र, तिनैले मलाई आज यसरी सडकमा झारेको हो ।

हो श्रीमान्, तिनैले मलाई आज यसरी सडकमा
झारेको हो ।

०००
हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
देशमा फेरि चुनाव आयो

देशमा फेरि चुनाव आयो

मीनप्रसाद लामिछाने
कसरी हुन्छ सुधार ?!

कसरी हुन्छ सुधार ?!

मीनप्रसाद लामिछाने
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x