साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विकास दान दे !

छ देश ज्ञानशून्यझैँ सुविज्ञ तैँ पठाइदे, तँ भूत, वर्तमान औ भविष्य के ? बताइदे , कि वीरको कि बुद्धको सुनाममा पठाइदे, विकास दान दे ! यहाँ तँ स्वर्गझैँ बनाइदे !

Nepal Telecom ad

उत्तमकृष्ण मजगैयाँ

अतृप्त भोक प्यासले रुँदै हिमालमुन्तिर
म दानपात्र ली खडा छु विश्वको अघिाल्तिर

सबै उदार राष्ट्र हो ! गरीब छौँ दया गर
कसोगरी चलाउने बजेट यो ? कृपा गर

न मार्ग छन् प्रशस्त आ सबै तँ नै खनाइदे
न बाँध पूल छन् यहाँ स्वयम् तँ नै बनाइदे

सफा गराइदे यहाँ जताततै छ फोहर
न हिँड्न सक्छु, चाहिए नयाँ जहाज मोटर

अनाज तैँ फलाइदे चुलो तँ नै जलाइदे
उपायहीन पङ्गु छौँ तँ राष्ट्र नै चलाइदे

छ देश ज्ञानशून्यझैँ सुविज्ञ तैँ पठाइदे
तँ भूत, वर्तमान औ भविष्य के ? बताइदे

कि वीरको कि बुद्धको सुनाममा पठाइदे
विकास दान दे ! यहाँ तँ स्वर्गझैँ बनाइदे !

०००
दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x