सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

विकास दान दे !

छ देश ज्ञानशून्यझैँ सुविज्ञ तैँ पठाइदे, तँ भूत, वर्तमान औ भविष्य के ? बताइदे , कि वीरको कि बुद्धको सुनाममा पठाइदे, विकास दान दे ! यहाँ तँ स्वर्गझैँ बनाइदे !

Nepal Telecom ad

उत्तमकृष्ण मजगैयाँ

अतृप्त भोक प्यासले रुँदै हिमालमुन्तिर
म दानपात्र ली खडा छु विश्वको अघिाल्तिर

सबै उदार राष्ट्र हो ! गरीब छौँ दया गर
कसोगरी चलाउने बजेट यो ? कृपा गर

न मार्ग छन् प्रशस्त आ सबै तँ नै खनाइदे
न बाँध पूल छन् यहाँ स्वयम् तँ नै बनाइदे

सफा गराइदे यहाँ जताततै छ फोहर
न हिँड्न सक्छु, चाहिए नयाँ जहाज मोटर

अनाज तैँ फलाइदे चुलो तँ नै जलाइदे
उपायहीन पङ्गु छौँ तँ राष्ट्र नै चलाइदे

छ देश ज्ञानशून्यझैँ सुविज्ञ तैँ पठाइदे
तँ भूत, वर्तमान औ भविष्य के ? बताइदे

कि वीरको कि बुद्धको सुनाममा पठाइदे
विकास दान दे ! यहाँ तँ स्वर्गझैँ बनाइदे !

०००
दाङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
प्रभो ! फेरि जन्म होस् त नेपालमै होस्

प्रभो ! फेरि जन्म...

उत्तमकृष्ण मजगैयाँ
धरोधर्म हजुर !

धरोधर्म हजुर !

उत्तमकृष्ण मजगैयाँ
म ठूलो !

म ठूलो !

उत्तमकृष्ण मजगैयाँ
कवि ‘विद्रोही’ : एक परिचय

कवि ‘विद्रोही’ : एक...

उत्तमकृष्ण मजगैयाँ
श्वान-हनुमान लीला !

श्वान-हनुमान लीला !

उत्तमकृष्ण मजगैयाँ
ट्याब्लेटको मान्छे

ट्याब्लेटको मान्छे

उत्तमकृष्ण मजगैयाँ
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल