साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लेखिका नगिता लेप्चाको ‘मेरो बालापन’ कवितासङ्ग्रह विमोचन

लेप्चाको पहिलो कृति ‘मेरो बालापन’ कवितासङ्ग्रहको सार्वजनिक भएको हाे । नेपाली साहित्य प्रचार समिति दुर्गागडी सिलिगुडीको आयोजनामा सम्पन्न कार्यक्रमा केही रचनावाचन तथा स्रष्टालाई शुभकामना दिइएको थियो ।

Nepal Telecom ad

सिलिगुडी, २१ मे २०२३ अर्थात् जेठ ७ २०८० । दार्जिलिङ जिल्लाअन्तर्गत सिलिगुडीस्थित दुर्गागडी जनकल्याण सङ्गठनको सभाहलमा कवि नगिता राई लेप्चाको पहिलो कृति ‘मेरो बालापन’ कवितासङ्ग्रहको सार्वजनिक भएको छ ।

नेपाली साहित्य प्रचार समिति दुर्गागडी सिलिगुडीको आयोजनामा सम्पन्न कार्यक्रमा केही रचनावाचन तथा स्रष्टालाई शुभकामना दिइएको थियो । मूलतः नगिता राई लेप्चा व्यङ्ग्य रचनाअन्तर्गत निबन्धकी पनि लेखिका हुन् यद्यपि व्यक्तिलाई व्यक्तिबाट सृजनशील परिचय दिलाउन सफल विधा भने कविता नै प्रायः हुने गर्छन् । त्यसैले उनको पनि पहिलो कृति कवितासङ्ग्ह नै हुनु अनौठो होइन । हिजोदेखि नगिता राई लेप्चा आधिकारिक रूपमा नेपाली साहित्यको फाँटमा उदियमान कविको रूपमा सार्वजनिक पनि भइसकेकी छिन् यसमा कुनै दुई मत रहेन, यो सत्य हो । भारतीय भूगोलमा नेपाली साहित्यका अग्रज तथा अनुज पुस्ताको सृजनशील लगानी सिला खोज्नु पर्दैन यो पनि निर्विरोध छ ।

कार्यक्रमलाई भव्य र सभ्य बनाउन दीप प्रज्ज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा विभिन्न स्रष्टाहरूमध्ये नेपाली साहित्य प्रचार समितिका अध्यक्ष युवराज काफ्लेको अध्यक्षता, साहित्य एकाडेमी परामर्श समितिका सदस्य आशा मुखिया लामाको प्रमुख आतिथ्य त्यसैगरी सुस्मा मोक्तान, अञ्जिता गिरी, साहित्य सुनौँ परिवार मिरिकको सचिव शीला लामा, हास्यव्यङ्यकार कृष्ण प्रधान, उर्मिला घिसिङ, पारस लामा, नवीन दाहाल, प्रेमनर्बु शेर्पा, डा.सुकराज दियाली, साहित्य एकाडेमी परामर्श समितिका सदस्य प्रा.तेजमान बराइली र अमर दुङ्माली आदिका विशिष्ट आतिथ्य तथा अतिथिहरूको समुपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि आशा लामा मुखिया, कृष्ण प्रधान, सुष्मा मोक्तान, शीला लामा आदिले नवोदित कविलाई आशीर्वचन प्रदान गरेका थिए । त्यसैगरी डा.सुकराज दियालीद्वारा लोकार्पित कृति ‘मेरो बालापन’को सङ्क्षिप्त समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै उक्त कृति प्रकाशनार्थ प्रकाशक किशन लेप्चालाई सम्मान जनाइएको थियो ।

कार्यक्रमलाई प्रभावकारी तुल्याउन केही रचनाहरू पनि प्रस्तुत भएका थिए जसमा मुक्तककार प्रेमनर्बु शेर्पाले मुक्तक, सम्मान सुब्बाले कविता, रचिता क्षेत्रीले कविता, अनिल विद्रोहीले कविता, निमा तामाङले गजल आदि वाचन गरेका थिए ।

कार्यक्रममा कविको परिचय भने कथाकार दीप प्रधानले गराएका थिए भने नवोदित कवि नगिता राई लेप्चाले पनि आफ्ना सारगर्वित भनाइ राख्ने अवसर पाएकी थिइन् । स्रष्टा नगिता राई लेप्चालाई मेरो तर्फबाट पनि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

खेम सापकोटाको स्वागत मन्तव्य र देवीका मंग्रातीको सञ्चालन रहेको कथाकार दीप प्रधान र पानीघट्टा माध्यमिक विद्यालयका लेखापाल अलेन दुतराजले जानकारी दिएका हुन् ।

०००
-मेची प्रतिनिधि नदी भट्टराई

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x