बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

आम माफी

बन्न राजा सयौँ दौडिने रेसमा लाग्छ देख्दा अझै भूप छन् देशमा । तन्त्र छाडा भयो जिस्किने छन् कति आम माफी दिने राष्ट्रका छन् पति ॥

Nepal Telecom Spring Offer

उत्तम विचार :

चोर छुट्छन् जहाँ साधु चढ्छन् सुली
भेष फेर्ला न यो राष्ट्रले काँचुली ।
देशमा न्यायको चल्छ के पद्धति
आम माफी दिने राष्ट्रका छन् पति ॥१।

कानुनी राज्यमा हुन्छ न्यायालय
पालना गर्दछन् न्यायको निश्चय ।
चल्छ आदेशमा हुन्छ के उन्नति
आम माफी दिने राष्ट्रका छन् पति ॥२।

वाद ल्यायौँ नयाँ छन् पुराना कता
हट्छ्भन्दा यहाँ बढ्छ झन् दासता ।
मार्ग उल्टो हिँडे मिल्छ के सङ्गति
आम माफी दिने राष्ट्रका छन् पति ॥३।

देश लुट्ने भए भेष लुट्ने भए
खान पाए मिले नत्र फुट्ने भए ।
तन्त्र औ मन्त्रका देख्छु एकै गति
आम माफी दिने राष्ट्रका छन् पति ॥४।

बन्न राजा सयौँ दौडिने रेसमा
लाग्छ देख्दा अझै भूप छन् देशमा ।
तन्त्र छाडा भयो जिस्किने छन् कति
आम माफी दिने राष्ट्रका छन् पति ॥५।

००००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom Spring Offer
निल्न दे !

निल्न दे !

उत्तम विचार
बुढेसकाल

बुढेसकाल

उत्तम विचार
धार्नी न बिसौली !

धार्नी न बिसौली !

उत्तम विचार
हाब्रो भरूँ

हाब्रो भरूँ

होम सुवेदी
हाम्रो स्वाभिमान

हाम्रो स्वाभिमान

नदी भट्टराई
सार्वजनिक बस

सार्वजनिक बस

खगेन्द्र नेउपाने
पदवी र विभूषण नदेऊ सरकार

पदवी र विभूषण नदेऊ...

शम्भु जमरकट्टेल हेदाङ्ने