साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आम माफी

बन्न राजा सयौँ दौडिने रेसमा लाग्छ देख्दा अझै भूप छन् देशमा । तन्त्र छाडा भयो जिस्किने छन् कति आम माफी दिने राष्ट्रका छन् पति ॥

Nepal Telecom ad

उत्तम विचार :

चोर छुट्छन् जहाँ साधु चढ्छन् सुली
भेष फेर्ला न यो राष्ट्रले काँचुली ।
देशमा न्यायको चल्छ के पद्धति
आम माफी दिने राष्ट्रका छन् पति ॥१।

कानुनी राज्यमा हुन्छ न्यायालय
पालना गर्दछन् न्यायको निश्चय ।
चल्छ आदेशमा हुन्छ के उन्नति
आम माफी दिने राष्ट्रका छन् पति ॥२।

वाद ल्यायौँ नयाँ छन् पुराना कता
हट्छ्भन्दा यहाँ बढ्छ झन् दासता ।
मार्ग उल्टो हिँडे मिल्छ के सङ्गति
आम माफी दिने राष्ट्रका छन् पति ॥३।

देश लुट्ने भए भेष लुट्ने भए
खान पाए मिले नत्र फुट्ने भए ।
तन्त्र औ मन्त्रका देख्छु एकै गति
आम माफी दिने राष्ट्रका छन् पति ॥४।

बन्न राजा सयौँ दौडिने रेसमा
लाग्छ देख्दा अझै भूप छन् देशमा ।
तन्त्र छाडा भयो जिस्किने छन् कति
आम माफी दिने राष्ट्रका छन् पति ॥५।

००००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
चुपचाप !!!

चुपचाप !!!

उत्तम विचार
सङ्कल्प !

सङ्कल्प !

उत्तम विचार
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x