साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी

हत्यारा ठगका सभा जुलुसमा ताँती लगाएपछि हाम्रो देश विकास हुन्छ सहजै ताली बजाएपछि । विद्वान् गायक पत्रकार कवि हो आओ बनी सारथी पोखे भक्ति इनाम मिल्छ अरबौँ गाओ यही आरती ॥

Nepal Telecom ad

तारानाथ पराजुली :

(सिस्नुपानी मकवानपुरले ०८० वैशाख २२ गते आयोजना गरेको हास्यव्यङ्ग्य  कविता प्रतियोगितामा उत्कृष्ट २५ मा छनाेट भएकाे कविता  हाे याे ।  छनोटमा परेका २५ वटै र सहभागी अन्य हास्यव्यङ्ग्य कविताहरू फित्कौलीले क्रमशः पोष्ट गर्ने छ । कृपया आआफ्नो तस्वीर info@fitkauli.com  मा यथाशीघ्र पठाउनु होला । -प्रधान सम्पादक)

राजाको जब मञ्चमा गजबको देखिन्छ आरोहण
कावा खान्छ, अचम्मको सयरमा निस्कन्छ हाम्रो मन ।
हाम्रा नायकले चुसेर घर यो रित्तै भए तापनि
पार्टी छोड्न सकिन्न, बस्छु म यहीँ भोकै मरे तापनि ॥

माटोका मुटु अङ्ग अङ्ग यिनले बेचेर खाए पनि
हामी मान्न तयार छौँ मुलुकका हुन् अन्नदाता भनी ।
हाम्रा सन्तति अर्पियौँ विगतमा सुम्प्यौँ सबै चेतना
आँखा चिम्म गरी झुक्यौँ चरणमा, आनन्द पायौँ घना ॥

जो सोझा जनता थिए समरमा होमेर झुक्याइयो
आफ्नै आँगनमा लता जहरका रोपेर हुर्क्याइयो ।
ट्याक्सी, बाइक, एम्बुलेन्स पदमा छेक्छौँ र हिर्काउछौँ
सेना हौँ, हतियार हौँ हजुरका विश्वासका ढाल हौँ ॥

हाम्रा मौसुफको करामत बिना उत्पन्न के पो छ खै
नौटङ्की, बदमास हुन्, अबुझ हुन् हाम्रा विरोधी सबै ।
हो तर्सिन्न विपक्षका निकटमा भिड्छौँ र मर्छौँ बरू
हामी सभ्य समाज हौँ, अजय छौँ, भेँडाहरू हुन् अरू ॥

हत्यारा ठगका सभा जुलुसमा ताँती लगाएपछि
हाम्रो देश विकास हुन्छ सहजै ताली बजाएपछि ।
विद्वान् गायक पत्रकार कवि हो आओ बनी सारथी
पोखे भक्ति इनाम मिल्छ अरबौँ गाओ यही आरती ॥

०००
विहादी- २, पर्वत
९८६४४२४६६६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
आक्रान्त मन

आक्रान्त मन

निर्मल पराजुली
मलाई नटेर्ने ??

मलाई नटेर्ने ??

होम सुवेदी
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x