साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मालामाल

प्रधानाध्यापकको अनुहारबाट कुटिल मुस्कान छरियो किनभने हिजै मात्र इलेट्रिकल पसलको प्रोपराइटरले भनेको सम्झिए- हेडसर, स्कुलको लागि गर्मी भगाउने सामान खरिद गर्नुस् । २५ प्रतिशत कमिशनले तपाईंको पकेट पुक्क बनाइदिन्छु ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

‘आजै र अहिल्यै निर्णय गरौँ ।’ विद्यालयको टिफिनको समयमा शिक्षक रामनाथले भने ।

‘जाबो डेढदुई लाखमा बच्चाहरूको जीवन साट्न सकिन्न ।’ अभित चौधरीले पनि घुमाउरो भाषामा रामनाथकै कुरामा ल्याप्चे लगाए ।

‘बच्चाहरू त तातोचिसो खान माहिर छन् । हामी चाहिँ पाकेर प्यात्त हुन आँट्यौँ ।’ रामनाथले आफ्नो स्वार्थको पोको असरल्ल पारे ।

कुरा सुनिरहेका प्रधानाध्यापकले बीचमै भने; ‘हामी आफ्नो कि बच्चाको स्वार्थको कुरा गर्दै छौँ ?’

‘यसमा सबैको स्वार्थ मिसिएको छ ।’ रामनाथले नै प्वाक्कै मुख खोले ।

‘तपाईंहरू कक्षामा पस्नुहुन्छ र लाभ हात पार्नुहुन्छ । म बाहिरफेरो नजर लगाउँछु, मलाई खै लाभ ?’ यस पटक भने प्रधानाध्यापकले ठूलै मुख बाए ।

‘निर्णय मात्रै गर्नुस्; तपाईं अझै मालामालमा पर्नु भएन भने दुबै कान काटेर पातमा राखिदिन्छु ।’ उनै रामनाथले कुरा झिके ।

प्रधानाध्यापकको अनुहारबाट कुटिल मुस्कान छरियो किनभने हिजै मात्र इलेट्रिकल पसलको प्रोपराइटरले भनेको सम्झिए- हेडसर, स्कुलको लागि गर्मी भगाउने सामान खरिद गर्नुस् । २५ प्रतिशत कमिशनले तपाईंको पकेट पुक्क बनाइदिन्छु ।

०००
२०८०-०२-१७
सिद्धार्थटोल, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
सरकारको सय दिन : आरोपको अचार, सुशासनको हुङ्कार !

सरकारको सय दिन :...

नन्दलाल आचार्य
समकालीन योगको ‘आसन’ र पेटको ‘भाषण’

समकालीन योगको ‘आसन’ र...

नन्दलाल आचार्य
भ्रम

भ्रम

नन्दलाल आचार्य
नसाटिएको झोला

नसाटिएको झोला

चिरञ्जीवी दाहाल
भ्रष्टाचार प्रधान देश

भ्रष्टाचार प्रधान देश

शेषराज भट्टराई
नक्कल

नक्कल

सुरेशकुमार पाण्डे
सत्ताको खोजी

सत्ताको खोजी

अन्जु शर्मा
हाकिमको कालो कर्तुत

हाकिमको कालो कर्तुत

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x