अनिल KH पौडेल’सकियो देश
लुटेराको शासनमा बलात्कारी सरदार छ भ्रष्टहरूको बथानमा रङ्गेहात चैँ खरदार छ देशको यो हाल बनाउने सबैलाई पाप लगोस् नेता नामक राक्षसको सात पुस्तालाई श्राप लागोस् ।

अनिल पौडेल ‘कीर्ते’ :
अहिले हामी शरणार्थी उहिलेका गोर्खाली
भेडा सरी बेचियौँ हुने भयो खोर खाली
जसरी नि बेच्ने हो जोख्ने अनि भाउ बोल्ने
शासक सबै गद्दार भए बिदेशीकै पाउ मोल्ने ।
अख्तियारमा गोठाला अदालतमा दास छन्
भ्रष्टाचारी समाजमा गर्वसाथ हाँस्छन्
दुईअर्थी कानुन लेखे जता पनि बाङ्गिने
युगौँ देखि उही खेल छ देश र जनता नाङ्गिने ।
भोट हान्ने यै जनता दारू तान्ने यै जनता
नेता छान्ने यै जनता ओभर जान्ने यै जनता
चुनाव आउँछ दौडिन्छ सेकुवा, साँप्रा लुछ्नलाई
चुनाव जान्छ दौडिन्छ यो देश नै चुस्नलाई ।
लुटेराको शासनमा बलात्कारी सरदार छ
भ्रष्टहरूको बथानमा रङ्गेहात चैँ खरदार छ
देशको यो हाल बनाउने सबैलाई पाप लगोस्
नेता नामक राक्षसको सात पुस्तालाई श्राप लागोस् ।
०००
मोरङ
Subscribe
Login
0 Comments
Oldest





































