साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीतो छ ! तर यहाँ यस्तै छ !!

अपराधीलाई हाम्रो गणतन्त्रले आममाफी दिन्छ पद पाउँन विदेशीको आशीर्वाद नै चाहिन्छ । नेपाली हुनुको गर्व नै कहाँ रह्यो ‘महाशय’ डलर भारुमा यहाँ नागरिकता किन्न पाइन्छ ।

Nepal Telecom ad

कृष्णकुमार कार्की :

बाँचुन्जेल खोजखबर हुँदैन
मरेपछि श्रद्धाञ्जली दिने ओइरो लाग्छन् ।
सास रहुन्जेल कुरा काटिन्छ !
मरेपछि गुणगानका कुरा साटिन्छन् ।

विवेशून्य कृपण जीवन बिताउँछन्
हाइनेक बाहिर सुनको सिक्री ढल्काउँछन् ।
भोजभतेरमा पैसाको खोलै बग्छ !
को भन्दा को कम भनी जुँगा बटार्छन् ।

धनी र नेता भोजका विशेष निम्तालु बन्छन्
राता सेता प्लेटले उच्च सम्मान पाउँछन् ।
सहोदर दाजुभाइ नआए के फरकपर्छ र !
अरु नै भोजका विशेष आकर्षण बन्छन् ।

गाउँघरमा खेत बारी बाँझै राख्छन्
सहरमा कौशी खेतीमा रमाउँछन् ।
एक बित्ताको चिचिन्डो फल्यो भने !
आर्गेनिक भन्दै फेसबुकमा हाल्छन् ।

निष्ठा समर्पणको राजनीतिमा खडेरी परेछ
लुट्ने कमाउनेको देशमा ठूलै धन्दा चलेछ ।
मान सम्मान अगुवा पछुवा पाए रूपरङ्गै फेरिने !
त्यसैले देशमा पदको होडबाजी चलेछ ।

अपराधीलाई हाम्रो गणतन्त्रले आममाफी दिन्छ
पद पाउँन विदेशीको आशीर्वाद नै चाहिन्छ ।
नेपाली हुनुको गर्व नै कहाँ रह्यो ‘महाशय’
डलर भारुमा यहाँ नागरिकता किन्न पाइन्छ ।

०००
टोखा नगरपालिका-५, काठमाडौं
हाल- लेकसाइड, पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यङ्ग्य गर्न कहाँ मन छ !

व्यङ्ग्य गर्न कहाँ मन...

कृष्णकुमार कार्की
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x