साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्यङ्ग्य गर्न कहाँ मन छ !

जुन जोगी आए नि कानै चिरेको भन्ने भा’छ निष्ठा समर्पणको राजनीतिलाई सतीले सरापेछ व्यङ्ग्य गर्न कहाँ मन छ, आफ्नै नेताको ! अमूल्य भोट दिएर चुनावमा जिताको !!

Nepal Telecom ad

कृष्णकुमार कार्की :

व्यङ्ग्य गर्न कहाँ मन छ, आफ्नै नेताको !
अमूल्य भोट दिएर चुनावमा जिताको !!
निष्ठा समर्पणको राजनीति गर्छु भन्थे
म अरु जस्तो हैन लेखेरै राख्नू भन्थे
जनताको सेवक हूँ मालिक हुन्न भन्थे
भाषण सुन्दा ताली ठोकूँ ठोकूँ पार्थे
व्यङ्ग्य गर्न कहाँ मन छ, आफ्नै नेताको !
अमूल्य भोट दिएर चुनावमा जिताको !!

पाँच बर्षपछि हेर्दा, रूप रंग नै फेरिएछ
चाउरी परेका गाला रातोपिरो पो भएछ
बैंक ब्यालेन्स घर-घडेरी टन्नै जोडिएछ
छोरा नातिसम्म पुग्ने सम्पति कुम्ल्याइएछ
व्यङ्ग्य गर्न कहाँ मन छ, आफ्नै नेताको !
अमूल्य भोट दिएर चुनावमा जिताको !!

पाँच वर्षपछि भोट चाहियो भन्दै आउँछन्
पैसा मसल शीर्ष पावरको धक्कु लाउँछन्
म शेर हुँ बाँकी सबै सवा सेर हुन भन्छन्
राजनीतिलाई आफ्नै बाउको बिर्ता ठान्छन्
व्यङ्ग्य गर्न कहाँ मन छ, आफ्नै नेताको !
अमूल्य भोट दिएर चुनावमा जिताको !!

नेतालाई जसरी पनि चुनाव जित्नु छ
तैँ चुप मैँ चुप देशको ढुकुटी ब्रम्हलुट गर्नुछ
चुनावमा मालेमा, बिपी, समाजवाद भन्छन्
जितेपछि राजनीति सम्भावनाको खेल भन्छन्
व्यङ्ग्य गर्न कहाँ मन छ, आफ्नै नेताको !
अमूल्य भोट दिएर चुनावमा जिताको !!

राजनीति गर्ने नेपालमा कोही गरीब भा छ ?
किसुनजी मनमोहन जस्ता सादगी नेता कहाँ छ ?
जुन जोगी आए नि कानै चिरेको भन्ने भा’छ
निष्ठा समर्पणको राजनीतिलाई सतीले सरापेछ
व्यङ्ग्य गर्न कहाँ मन छ, आफ्नै नेताको !
अमूल्य भोट दिएर चुनावमा जिताको !!

०००
टोखा नगरपालिका-५, काठमाडौं
हाल- लेकसाइड, पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीतो छ ! तर यहाँ यस्तै छ !!

तीतो छ ! तर...

कृष्णकुमार कार्की
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x