सुलसुलेकर्मदा सिर्जना मञ्चको उनन्तिसाैँ प्रविधिमैत्री कविगोष्ठी
अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता तथा गङ्गा लिगलको प्रमुख आमन्त्रित एवं विशिष्ट आमन्त्रित डा.बमबहादुर थापा जितालीको उपस्थितिमा सम्पन्न भएको हो ।

काठमाडौं, ०८० जेठ ३२ । कर्मदा सिर्जना मञ्च नेपाल पाउँदीबजार, लमजुङको बिहीवार साँझ ५.०० बजे उनन्तिसौँ प्रविधिमैत्री कविगोष्ठी सम्पन्न भयो । अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता तथा गङ्गा लिगलको प्रमुख आमन्त्रित एवं विशिष्ट आमन्त्रित डा.बमबहादुर थापा जितालीको उपस्थितिमा सम्पन्न भएको हो । स्रष्टाहरूको सघन र व्यापक उपस्थिति रहेको थियो ।
लमजुङ जिल्लाको प्रवेशद्वार पाउँदीबजारमा रहेको साहित्यिक संस्थाले साहित्य, भाषा तथा कलाको श्रीवृद्धिमा गहन योगदान पुर्याउँदै आइरहेको छ । यस अवसरमा छन्द, स्वच्छन्द कविता, लोकछन्द, कोपिला, चारु, तथा सुसेली रोचक ढङ्गबाट स्रष्टाहरूले प्रस्तुत गरे ।
यस अवसरमा कवि गङ्गा लिगल, डा. बमबहादुर थापा जिताली, पुरुषोत्तम सिग्देल, कलानिधि दाहाल, अनमोल शर्मा, हरिप्रसाद चौलागाई, तारानाथ पराजुली, डिल्लीप्रसाद दाहाल, द्वारिका कुइकेल, विजयराज न्यौपाने, दुष्यन्त भटराई, जगदीश्वर पोखरेल, सुधा बास्कोटा ढकाल, लक्ष्मीप्रसाद मिश्र, वसन्त अधिकारी, सोम लुइँटेल, सविता के.सी., रमेश भटराई, सुरेशचन्द्र घिमिरे, सिर्जना खनाल, चन्द्रावती अधिकारी, वासु ठकुरी, बिनुबाबा घिमिरे, उत्तम भेटुवाल, वीरबहादुर लोहनी र उर्मिला पन्त पाण्डेयले रचना वाचन गर्नु भएको थियो ।
प्रमुख आमन्त्रित लिगलले कवितामा भाव हुनुपर्दछ, कविता समाजको दर्पण हो भन्नुहुँदै छन्द बाटिका मौलाएकोमा खुसी व्यक्त गर्नुभयो ।
वाचन गरिएका रचनाले देशमा वर्तमानमा भइरहेका विषय बस्तुलाई बिम्ब बनाएर संरचित थिए । यस महकीय कविगोष्ठी विशिष्ट अतिथि डा.बमबहादुर थापा जितालीले लमजुङले साहित्यमा गरेको योगदानको परिचर्चा गर्नुभएको थियो ।
समीक्षक पुरुषोत्तम सिग्देलले वाचन गरिएका सिर्जनाको सुललित ढङ्गबाट एक एक गरी केलाएर समीक्षा गर्नु भएको थियो । उहाँले निर्भीक भएर वाचन गरिएका कविताको गुण दोष केलाउनु भएको थियो ।
उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्रले कर्मदाको गतिविधि प्रस्तुत गर्नु भएको थियो । गोष्ठीका अध्यक्ष जगदीश्वर पोखरेलले सम्पूणर् स्रष्टाको गरिमायम उपस्थितिले कविगोष्ठी सफल भएको र सहभागीसम्पूणर् स्रष्टामा हार्दिक आभार व्यक्त गर्दै र सधन्यवाद गोष्ठी समापन भएको जानकारी दिनु भएको थियो । कविगोष्ठीको संयोजन पोखरेलले नै गर्नु भएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest












































