सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भ्रष्टाचार दबाउने मिसन

बोल्दैनन् जति नै हडप्छ परको आएर पाटो यहाँ गर्छन् शासन देशभक्त बिचमा पारेर फाटो यहाँ हाँसी मौन बसेर साँधतिरका खम्बा सरे धेर ती भ्रष्टाचार दबाउने मिसनमा छन् राजनेता कति ॥

Nepal Telecom ad

रामशरण न्यौपाने 

खेती केवल झूटको छ बढिया यो देश नेपालमा
नेपाली जन झन् पराजित हुँदै पर्दै गए जालमा
नारा भाषण मात्र लोक हितका पर्रा छुटाए अति
भ्रष्टाचार दबाउने मिसनमा छन् राजनेता कति ॥१

ठान्छन् देश हरे निकृष्ट जनले पाए जितौरीसरि
गर्छन् दोहन घोर चार खुट नै दाह्रा धसी बेसरी
मोटाए छलुवा निरीह जनता छन् ख्याउटे धेर ती
भ्रष्टाचार दबाउने मिसनमा छन् राजनेता कति ॥२

चिन्दैनन् जन धेनु गर्धभ अझै नित्तान्त लाटा बनी
हत्यारा र खुनी दलालकन नै पुज्छन् खुदाझैँ अनि
हाँडीमा कनिका समान जनका प्रज्ञा भुटे मुद्दती
भ्रष्टाचार दबाउने मिसनमा छन् राजनेता कति ॥३

थैलोमा भुसको परेर कनिका खाएर बस्छन् जन
दौडिन्छन् तिनकै सुसारतिर पो सुम्पेर नै जीवन
झोले बन्न युवा तयार छ यहाँ लाजै नमानी रती
भ्रष्टाचार दबाउने मिसनमा छन् राजनेता कति ॥४

बोल्दैनन् जति नै हडप्छ परको आएर पाटो यहाँ
गर्छन् शासन देशभक्त बिचमा पारेर फाटो यहाँ
हाँसी मौन बसेर साँधतिरका खम्बा सरे धेर ती
भ्रष्टाचार दबाउने मिसनमा छन् राजनेता कति ॥५

०००
भक्तपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आमा भन्छिन्

आमा भन्छिन्

रामशरण न्याैपाने
आमा पुजेर बस्ने

आमा पुजेर बस्ने

रामशरण न्याैपाने
लाग्यो बुढ्यौली भनी

लाग्यो बुढ्यौली भनी

रामशरण न्याैपाने
विना श्रीपेचका राजा

विना श्रीपेचका राजा

रामशरण न्याैपाने
आँसु झार्ने नपार

आँसु झार्ने नपार

रामशरण न्याैपाने
पिता माता पाल्ने

पिता माता पाल्ने

रामशरण न्याैपाने
गणतन्त्र गीत

गणतन्त्र गीत

होम सुवेदी
आदर्श नेता

आदर्श नेता

हृषीकेश बराल
भिडहरू !

भिडहरू !

महादीप पाेखरेल
क्रूर ओढार

क्रूर ओढार

अनिल श्रेष्ठ
परिवेश

परिवेश

हेमराज पन्त