साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्ट्यान्डर्ड चोर !

मानवता चोर्नेको, कानुन चोर्नेको, अधिकार चोर्नेको सबको जय होस् यस्ता चोरको बारेमा खासखुस पुराण लेख्ने म पनि चोर तर सामान्य होइन है, स्ट्यान्डर्ड चोर लुज्जा त !!! मेरो नि जय होस् ।

Nepal Telecom ad

डा.टीकाराम पोखरेल :

चोरहरू चोर्छन्, हो त नि चोर्छन् ।
चोर्ने चोरको धर्म हो, चोर्नु चोरको कर्म हो,
चोर्नुमा नै चोरको कर्मको मर्म हुन्छ ।
तर ….
तर सबै चोर एकैनास हुँदैनन् ।
निम्न चोर, मध्यम, उच्च चोर ।
अथवा जुनियर चोर, मेडियम चोर, सिनियर चोर ।
स्मल चोर, लार्ज चोर, एक्सएल चोर
अथवा सामान्य चोर, उत्कृष्ट चोर, सर्वोत्कृष्ट चोर ।
चोरहरू इमान्दारपूर्वक चोर्छन्
पैसा चोर, मन चोर, नीति चोर, कानुन चोर,
देश चोर, विश्व चोर, सारा ब्राह्मण चोर ।
आहा ! कति स्ट्यान्डर्ड चोर
संसारमा सबैभन्दा इमान्दार कोहि छ भने चोर नै छन् ।
जिम्मेवारी अनुसार कति इमान्दार्पूर्वक चोर्छन ।
साना हुन वा ठूला, चोर भनेका चोर
चोर माने चोर
चोर प्लस चोर बराबर चोर
चोर माइनस चोर बराबर पनि चोर
चोर गुना चोर बरबर चोर
चोर डिभाइडेड चोर पनि हुन्छ चोर
यता चोर, उता चोर, तेता चोर, जताततै सर्वत्र चोर
चोर भनेको चोर
स्ट्यान्डर्ड होस कि सामान्य चोर
सबको सम्मान होस् ।
मानवता चोर्नेको, कानुन चोर्नेको, अधिकार चोर्नेको
सबको जय होस्
यस्ता चोरको बारेमा खासखुस पुराण लेख्ने म पनि चोर
तर सामान्य होइन है, स्ट्यान्डर्ड चोर
लुज्जा त !!! मेरो नि जय होस् ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x