सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

स्ट्यान्डर्ड चोर !

मानवता चोर्नेको, कानुन चोर्नेको, अधिकार चोर्नेको सबको जय होस् यस्ता चोरको बारेमा खासखुस पुराण लेख्ने म पनि चोर तर सामान्य होइन है, स्ट्यान्डर्ड चोर लुज्जा त !!! मेरो नि जय होस् ।

Nepal Telecom ad

डा.टीकाराम पोखरेल :

चोरहरू चोर्छन्, हो त नि चोर्छन् ।
चोर्ने चोरको धर्म हो, चोर्नु चोरको कर्म हो,
चोर्नुमा नै चोरको कर्मको मर्म हुन्छ ।
तर ….
तर सबै चोर एकैनास हुँदैनन् ।
निम्न चोर, मध्यम, उच्च चोर ।
अथवा जुनियर चोर, मेडियम चोर, सिनियर चोर ।
स्मल चोर, लार्ज चोर, एक्सएल चोर
अथवा सामान्य चोर, उत्कृष्ट चोर, सर्वोत्कृष्ट चोर ।
चोरहरू इमान्दारपूर्वक चोर्छन्
पैसा चोर, मन चोर, नीति चोर, कानुन चोर,
देश चोर, विश्व चोर, सारा ब्राह्मण चोर ।
आहा ! कति स्ट्यान्डर्ड चोर
संसारमा सबैभन्दा इमान्दार कोहि छ भने चोर नै छन् ।
जिम्मेवारी अनुसार कति इमान्दार्पूर्वक चोर्छन ।
साना हुन वा ठूला, चोर भनेका चोर
चोर माने चोर
चोर प्लस चोर बराबर चोर
चोर माइनस चोर बराबर पनि चोर
चोर गुना चोर बरबर चोर
चोर डिभाइडेड चोर पनि हुन्छ चोर
यता चोर, उता चोर, तेता चोर, जताततै सर्वत्र चोर
चोर भनेको चोर
स्ट्यान्डर्ड होस कि सामान्य चोर
सबको सम्मान होस् ।
मानवता चोर्नेको, कानुन चोर्नेको, अधिकार चोर्नेको
सबको जय होस्
यस्ता चोरको बारेमा खासखुस पुराण लेख्ने म पनि चोर
तर सामान्य होइन है, स्ट्यान्डर्ड चोर
लुज्जा त !!! मेरो नि जय होस् ।

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
राष्ट्रिय सहमति

राष्ट्रिय सहमति

डा. टीकाराम पोखरेल
मन्त्री-नैतिकता संवादे !

मन्त्री-नैतिकता संवादे !

डा. टीकाराम पोखरेल
मालदार क्रान्ति

मालदार क्रान्ति

डा. टीकाराम पोखरेल
म मान्छे रहिँन

म मान्छे रहिँन

डा. टीकाराम पोखरेल
अल्छीका अधिकार

अल्छीका अधिकार

डा. टीकाराम पोखरेल
आउनुस् अब सम्मान थपौँ !

आउनुस् अब सम्मान थपौँ...

डा. टीकाराम पोखरेल
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)
के बेच्न बाँकी छ र !

के बेच्न बाँकी छ...

हरिप्रसाद रिमाल
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख